Play

भारतद्धारा धान र चामलमा २० प्रतिशत कर, नेपालमा महँगी बढ्ने

गुरुकुल खबर


पर्सा — भारत सरकारले एकतर्फी रुपमा धान तथा चामलको निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेसँगै नेपालमा महँगी बढ्ने व्यवसायीले बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीले भारतको उक्त निर्णयले समग्र महँगी बढ्ने भन्दै चिन्ता जनाएका हुन् ।

भारतले शुक्रबारदेखि लागू हुनेगरी बासमती र उसिनाबाहेकको चामल र धान निर्यातमा २० प्रतिशत कर लगाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् दाल, चामल, तेल उत्पादक संघका राष्ट्रिय अध्यक्ष सुबोध कुमार गुप्ताले भारतले शून्यबाट एकैपटक २० प्रतिशत भन्सार महशुल वृद्धि गर्नुले नेपालमा दूरगामी असर पर्ने बताए । ‘भारतको यो निर्णयले दसैँ, तिहार र छठजस्ता नेपालीको महान पर्वहरुको समयमा चामलको मूल्य २० प्रतिशतले बढ्ने निश्चित छ,’ उनले भने, ‘यसले नेपालमा महँगीसँगै भोकमरीको अवस्था समेत आउन सक्छ ।’

नेपाल सरकारले अविलम्ब भारत सरकारसँग समन्वय गरी नेपालका लागि चामल निर्यातमा कर नलाग्ने व्यवस्था गर्नु पर्ने गुप्ताले बताए । रासस

२४ भाद्र २०७९, शुक्रबार १७:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा