Play

अभिनेता पल शाह: जबरजस्ती करणीको मुद्दामा सफाइ, बाल यौन दुरुपयोगको अभियोगमा साढे २ बर्ष कैद

गुरुकुल खबर


पोखरा । नावालिग गायिकामाथि जबरजस्ती करणी आरोपको मुद्दा खेपेका अभिनेता पल शाहले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् ।उनलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको हो । यद्यपि उनीमाथि बाल यौन दुरुपयोगको अभियोगमा साढे २ बर्ष कैद सुनाएको छ ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले अभिनेता पल शाहलाई बालगायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ बर्ष कैद सुनाएका हुन् । यसैगरी, पीडित बालिकालाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना समेत फैसला गरेको जिल्ल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । अदालतले गायिकाको अभिभावको जोहरी र बालिकाले अदालतमा दिएको बयान फरक गरेका कारण एक पटकलाई सचेत गराउने काम गरेको छ भने सञ्चार माध्यमलाई पनि सत्यतत्य बुझेर मात्र समाचार सम्प्रेशण गर्न सचेत गराएको छ । मंगलबार अबेर फैसला भएको र अदालतको पूर्ण फैसला आउन बाँकी छ ।

उता, जिल्ला अदालत तनहुँको अन्तिम फैसला पनि आउन बाँकी छ । अभिनेता शाह हाल जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । यदि उनलाई जिल्ला अदालत तनहुँले सफाइ दिए पनि अब उनी अझै साढे २ वर्ष कारागार सजाय भोग्नुपर्नेछ । जिल्ला सरकारी वकिलको कार्यालयले पल विरुद्ध कम्तीमा ६ वटा प्रमाण जुटाएर बलात्कार अभियोगमा अधिकतम् १४ वर्षसम्म कैद सजायको माग दाबी गरेको थियो ।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी ती नावालिगले पलविरुद्ध ११ फागुन, २०७८ जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
जबरजस्ती करणी मुद्दामा १० चैत, २०७८ को थुनछेक बहसमा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेका थिए । यसअघि नवलपुर अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।

दुवै आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा साधारण तारेखमा राखी पाउँ भनी निवेदन दिएका थिए ।

तर गत जेठ १९ मा उच्च अदालत पोखराले गरेको फैसलामा सुरु अदालतकै आदेशलाई सदर गरेको थियो । बलात्कार मुद्दामा पीडित भनिएकी नावालिग गायिकाले आफूलाई पलले बलात्कार नै नगरेको भनी सुरु जिल्ला अदालतमा बकपत्रमा बयान फेरेकी थिइन् ।
यस्तै, मुद्दामा सहप्रतिवादी कृष्ण जोशी धरौटीमा रिहा भएका छन् ।

२१ भाद्र २०७९, मंगलवार २३:२१ मा प्रकाशित
Nabintech