Play

कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि नेकपा एसका उम्मेदवार सिफारिस

गुरुकुल खबर


नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ वटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा(एस)का तीन वटै सङ्घीय÷प्रदेश निर्वाचन समन्वय कमिटीको आजको बैठकले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार जिल्ला कमिटीमा सिफारिस गरेर पठाएका हुन् । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटव्युरो सदस्य श्रीनाथ बराल सर्वसम्मत उम्मेदवार सिफारिस भएको छन ।

यस क्षेत्रबाट समानुपातिकमा चुडामणि जंगली, दिलकुमारी पन्त र जैनव खातुन, प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१)मा मदन केसी, दीननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल , समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिस भएको छन ।

यसैगरी प्रदेश सभा १(२)तर्फ प्रत्यक्षमा पूर्ण लामा सर्वसम्मत सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिक वहादुर राई (डिवी), डिलाराम लामिछाने, तिल बहादुर विक (तिलक) र चन्द्रकिशोर गौतमलाई सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा तुल बहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाता राम आचार्य र शर्मिला पौडेल सिफारिस हुनुभएको पार्टीका जिल्ला उपसचिव पूर्ण लामाले जानकारी दिए ।

प्रदेशसभा २(१) मा झपिन्द्र राज रेग्मी, प्रेम थापा, खेम राज आचार्य,दान कुमारी शर्मा, सीता पौडेल,मोती राम बराल, खड्ग हमाल, शिव राज आचार्य, लेख राज भण्डारी र राम चन्द्र पौडेल तथा प्रदेशसभा २(२) मा रत्ना गुरुङ, मदन काजी श्रेष्ठ , कृष्ण पराजुली (ढाका मोहन),सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धि बहादुर रानाभाट र रवीन्द्र राज पौडेल सिफारिस भएको सो पार्टीले जनाएको छ ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल,. नवराज पहारी र मेनका आचार्य सिफारिस हुनुभएको छ ।
प्रदेशसभा ३ (१)मा प्रत्यक्षतर्फ दलवहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बावुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमा कुमारी पौडेल र अनिता दमै (रोशनी) जिल्ला कमिटीमा सिफारिस भएको छन ।

यसैगरी प्रदेशसभा ३(२) मा होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी,भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, संगिता केसी, केदारनाथ न्यौपाने, तुलसी प्रसाद बराल र सुरेश जिसी उम्मेदवार सिफारिस भएको छन ।

क्षेत्रीय निर्वाचन कमिटीबाट सिफारिस भएर आएका नामहरुलाई जिल्ला कमिटीले थप छलफल गरेर प्रत्येक निर्वाचन क्षेत्रमा चार जनाका दरले प्रदेश कमिी समक्ष सिफारिस गर्ने र प्रदेशले राय सहित केन्द्रमा सिफारिस गर्ने जिल्ला उपसचिव लामाले जानकारी दिए।

१४ भाद्र २०७९, मंगलवार २१:११ मा प्रकाशित
Nabintech