Play

कास्की काँग्रेसको क्षेत्र नं २ ‘ख’मा उम्मेदवार बन्न मन्त्रीदेखि स्थानीय नेतासम्मको दावी

गुरुकुल खबर


पोखरा । मंसिर ४ गते हुने संघ तथा प्रदेश तह निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ ‘ख’मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका नेताहरूले आवेदन दर्ता गराएका छन्।

पार्टी केन्द्रीय कार्यालयको परिपत्र अनुसार आवेदन दर्ता गराउनेमा मन्त्रीदेखि स्थानीय स्तरका नेताहरु रहेका छन्।

उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ५ जनाले आकांक्षा देखाएका छन् भने समानुपातिक उम्मेदवारका लागि १३ जना इच्छुक देखिएको प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘ख’ का सभापति दिपेन्द्र मर्सानीले गुरुकुल खबरलाई जानकारी दिए ।

प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीमा गण्डकी सरकारका वर्तमान भौतिक पुर्वाधार,शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का, महासमिति सदस्य तथा गण्डकी प्रदेश सरकारका वर्तमान कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, माधव प्रसाद बास्तोला मधु,मदन बस्नेत र होम बहादुर बानियाँ रहेका छन् ।

मर्सानीका अनुसार समानुपातिक उम्मेदवारका लागि रामराज लामिछाने, जनजाति तर्फ निलम बाटाजु, मन्जु श्री थापा,राजेन्द्र पहारी,राधाकृष्ण गुरुङ्ग,अल्पसंख्यक तर्फ अब्दुल मजीद मिया,अर्पण कोइराला, उमाकुमारी ठकुरी,पदमसिंह गुरुङ्ग,ऋषिराम सापकोटा,कल्पना बराल,लक्ष्मी पाण्डे,चोलेन्द्र पौडेल आकांक्षा देखाएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्ने मर्सानीले बताए ।

१४ भाद्र २०७९, मंगलवार ०१:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा