Play

पाकिस्तानमा बाढीपहिरोमा परी एक हजारभन्दा बढीको मृत्यु

गुरुकुल खबर


इस्लामावाद – देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् ।

बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

१२ भाद्र २०७९, आईतवार १३:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा