Play

२४ औं पोखरा सडक महोत्सवको संयोजकमा गौतम, मिनि महोत्सव संयोजकमा भट्टराई

गुरुकुल खबर


पोखरा , रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतमलाई संयोजक चयन गरिएको छ ।

रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह–संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन ग¥यो ।

त्यस्तै बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका साथै लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण एवं प्रवद्र्धन गरी पोखरालाई अंग्रजी नयाँ वर्षको गन्तब्य स्थलका रुपमा पहिचान दिलाउने उद्देश्य सहित रेवान पोखराले २३ वर्षदेखि पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ ।

पुषको १३ देखि १७ गते सम्म लेकसाइडको सडकमा यो महोत्सव सञ्चालन हुने गर्दछ ।

५ भाद्र २०७९, आईतवार ०८:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा