Play

सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज

गुरुकुल खबर


काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।

वालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।

२०७४ सालको निर्वाचन र गत ३० वैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

१ भाद्र २०७९, बुधबार ०९:४७ मा प्रकाशित
Nabintech