Play

कांग्रेसमा शेखर समुहका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक जारी

गुरुकुल खबर


 काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा‍. शेखर कोइराला पक्षले पाँच भ्रातृ संस्थाका नेता कार्यकर्तालाई छलफलमा बोलाएका छन् । आइतबार बसेको बैठकले आफू निकटका भ्रातृ संस्थाका पूर्व पदाधिकारी, संस्थामा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

सचिवालय स्रोतका अनुसार भ्रातृ संस्थाका विभिन्न पदाधिकारी तथा सदस्यमा बस्न चाहाने इच्छुक उम्मेद्वारहरुको मनोभाव बुझेर सुची तयार गर्नुपर्ने छलफलको उदेश्य रहेको छ ।

आज पनि वरिष्ठ नेता शेखरको सम्पर्क कार्यालयमा दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक बसेको थियो ।  बैठक भाेलि पनि बस्ने छ, भाेलि बस्ने कसरी अघि बढ्ने निर्णय गर्छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा आवद्ध रहेकालाई बैठकमा बोलाइएको छ । सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका पाँच भ्रातृ संस्थाका नेता तथा कार्यकर्तालाई छलफलका लागि बोलाइएको हो ।

पाँचै भ्रातृ संस्थामा देउवा निकटलाई अध्यक्ष बनाइएको छ । आजको बैठकमा शेखर पक्षका कांग्रेस पदाधिकारी भने उपस्थित भएका थिएनन् ।

२९ श्रावण २०७९, आईतवार २२:०१ मा प्रकाशित
Nabintech