Play

पोखरा १३ मा तालिका नै बनाएर सेवाग्राहीलाई निशुल्क स्वास्थ्य जाँच

गुरुकुल खबर


पोखरा , तपाई सेवाग्राही भएर जानुहोस, वडाले तपाईको काम पनि गर्छ, निशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपतकालीन अवस्थामा निशुल्क स्यानिटरी प्याड पनि दिन्छ । जनताका आधारभूत र प्रशासनिक कामसगै पोखराका १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा स्वास्थ्यसँग सम्बन्धित सेवालाई समेत सँगसँगै अगाडि बढाएका छन् ।

‘सेवाग्राहीकै सेवाको लागि हामी बसेका छौँ, तर सेवा लिन आउँदा अन्य सास्ती नहोस्, उनीहरुको कामसँगै आइपर्ने समस्या र स्वास्थ्य जाँचलाई पनि अगाडि बढाएका छौं,’ उनले भने । पोखरा १३ ले पहिलो पटक तालिका नै बनाएर सेवाग्राहीलाई निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

बरालका अनुसार फास्टिङ ब्लड सुगर (एफबिएस) प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, (पिपिबीएस) खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ । र्‍यान्डम ब्लड सुगरचाहिँ हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । ‘वडामा आउने सेवाग्राहीले सेवासँगै स्वास्थ्य पस्क्षण पनि गराएर फर्किने व्यवस्था गरेका छौं,’ उनले भने । वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, एचसिभी, भिडिआरएल (एचसिभि) युरिन लगायतका जाँचसमेत सित्तैमा गर्न थालेको छ ।

‘साउन १ गतेदेखि निशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ बरालले बताए । वडामा आउने सेवाग्राहीलाई निशुल्क सेनिटरी प्याडको व्यवस्थासमेत गरिएको छ ।

११ श्रावण २०७९, बुधबार १८:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा