तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जग्गा भाडामा दिन गरेको सम्झौता खारेज गर्न पोखरा कांग्रेसको माग

कांग्रेस पोखरा नगर समितिको प्रवक्तामा पौडेल, विभिन्न कार्यक्रम गर्न तयारी समिति गठन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार २३ मा प्रकाशित
in समाचार, अन्य, गण्डकी प्रदेश, राजनीति
जग्गा भाडामा दिन गरेको सम्झौता खारेज गर्न पोखरा कांग्रेसको माग
43
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेस पोखरा महानगर समितिले विहीबार पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरामा रहेका विभिन्न ठाउँको सरकारी जग्गा भाडामा दिन गरेको सम्झौता खारेजीको माग गरेको छ ।

महानगर समितिका सभपाति सुरेन्द्र विजुक्छेको नेतृत्वमा गएको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई विहिबार ध्यानाकर्षण पत्र बुझाउदै सम्झौता खारेजीको माग गरेको हो ।

पोखरा उपत्यका नगर विकास समितिका नितर्वमान अध्यक्ष समेत रहेका जिसीको कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तरिकाले पोखराका विभिन्न स्थानको ६३ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएकोमा गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

आफ्नो कार्यकाल सकिनै लाग्दा जिसीले नियमित रुपमा प्रकाशित हुन छाडेको पत्रिकामा सूचना छपाएर हतारमा सम्झौता गर्नु चलखेलको पुष्टि भएको भन्दै काँग्रेस पोखरा महानगर समितिले छानविनको समेत माग गरेको हो ।

‘जिसीले गरेको अपारदर्शी सम्झौता खारेज गरी पोखरा उपत्यकाका सार्वजनिक जमिन संरक्षण र सार्वजनिक हितका लागि उपयोगको सुनिश्चित गर्न हामी माग गर्दछौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

मेयर जिसीले पृथ्विचोकमा रहेको यातायातले उपभोग गर्दै आएको जग्गा राइजिङ कन्स्ट्रक्सनलाई दिएका छन् । मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा बुझ्नेगरि मेयर जिसीले ५ रोपनी जग्गा पे पार्किङ प्रयोजनका लागि उक्त कम्पनीलाई दिएका हुन् ।

त्यसै गरी निवर्तमान मेयर जिसीले अर्को निजी कम्पनी एक्सन बिल्डर्सलाई पोखरा वडा नम्बर १७ मा पर्ने ४० रोपनी जग्गा भाडामा दिएका छन् ।

त्यसै गरी पोखरा पर्यटन बसपार्क १० वर्षको लागि शिला शालिकग्राम निर्माण सेवालाई भाडामा दिइसकेका छन् ।

यसैबीच जग्गा भाडामा दिएको प्रति विरोध गर्दै नेपाली काँग्रेस पोखरा महानगर समितिले बुधबार एक विज्ञप्ती जारी गरेको थियो ।

यसैबिच नेपाली काँग्रेस पोखरा महानगरसमितिको प्रवक्तामा पोखरा -५ बाट महानगर सदस्य बनेका धनन्जय पौडेललाई प्रवक्ता नियुक्त गरिएको छ ।

यस अगाडी समितिका सचिव टुवराज बांस्तोलालाई प्रवक्ता मनोनित गरिएपछि विधान विपरीत प्रवक्ता बनेको भनि विरोध भएपछि सभापति विजुक्छेले बास्तोलालाई हटाएर पौडेललाई प्रवक्ता बनाएका हुन् ।

काँग्रेस महानगर समितिका सभापति सुरेन्द्र विजुक्छेको अध्यक्षतामा विहीबार बसेको बैठकले पौडेललाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो । महानगर कार्य सम्पादन समिति सदस्य रहेका पौडेललाई प्रवक्ता नियुक्त गरिएको हो ।

यसैबीच विहिबार सम्पन्न बैठकले सचिव गणेशबहादुर थापाको संयोजकत्वमा बैठक संचालन कार्य विधि निमार्ण समिति गठन गरेको छ । समितिका अन्य सदस्यमा रविन्द्र बराल र दामोदर पराजुली रहेका छन् ।

बैठकले विपी जयन्तीको अवसर पारेर साउन ६ गते खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ । कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठलाई उक्त रक्तदान कार्यक्रमको संयोजक बनाईएको छ ।

यसैगरी बैठकले साउन महिनामा नै स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु एवम् पार्टीका इकाई सभापतिहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ । प्रशिक्षण कार्यक्रमको संयोजक सहसचिव संजय आले रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.