Play

पेट्रोल/डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

गुरुकुल खबर


पोखरा । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ। घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ। अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा हुने छ।

यसअघि बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

१९ जेष्ठ २०७९, बिहीबार २२:१८ मा प्रकाशित
Nabintech