तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्थानीय तहको निर्वाचनमा स्याङ्जा – नगरपालिकामा कांग्रेसको र गाउँपालिकामा एमालेकाे वर्चश्व

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ ५ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
स्थानीय तहको निर्वाचनमा स्याङ्जा – नगरपालिकामा कांग्रेसको र गाउँपालिकामा एमालेकाे वर्चश्व
47
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा — स्थानीय तहको निर्वाचनमा स्याङ्जामा प्रमुख प्रतिस्पर्धी पार्टी कांग्रेस र एमाले मात्र रहे । नगरपालिकामा कांग्रेसको वर्चश्व देखिएको छ भने गाउँपालिकामा एमालेकाे । मतगणनाको अन्तिम परिणम अनुसार स्याङ्जाका एघार पालिकामध्ये १० वटामा प्रमुख र उपप्रमुखमा एउटै पार्टीबाट निर्वाचित भएका छन् भने वालिङ नगरपालिकामा एमाले र कांग्रेस निर्वाचित भए ।

वालिङमा नगरप्रमुख कृष्ण खाँण विजयी भएका छन् । उनी एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । पूर्व मेयरसमेत रहेका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतले हराउँदै उनले विजय हासिल गरे । यस्तै, उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतले उछिन्दै उनी उपमेयरकी विजेता बनिन् । खगिसरा यसभन्दा अघि पनि उपमेयरको उम्मेदवार बनेकी थिइन् । कांग्रेसकी कल्पना तिवारीसँग पराजय भोगेकी खगिसराले यसपटक पनि सफलता हात पार्न सकिनन् । २०७४ को स्थानीय निर्वाचनमा वालिङ नगर प्रमुख र उपप्रमुख का‌ंग्रेसबाटै विजयी भएका थिए ।

कांग्रेसको गढ मानिने वालिङले पहिलोपटक आफ्नो साख गुमाएको छ । यस्तै चापाकोट नगरपालिकामा कांग्रेसबाटै मेयर र उपमेयर विजयी भए। एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै कांग्रेसका देवबहादुर खाँण विजयी भएका छन् । उपमेयरमा एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै इशा राना विजयी भइन् ।

यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा चापाकोटमा प्रमुख र उपप्रमुख कांग्रेसबाटै प्रतिनिधित्व थियो । अघिल्लो निर्वाचनमा मेयर र उपमेयर एमालेले जितेको पुतलीबजारमा भने यसपटक दुवै पद कांग्रेसले हात पारेको छ । मेयरमा प्रमुख प्रतिस्पर्धी एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै तुलसीराम रेग्मी विजयी भए । अघिल्लो निर्वाचनमा तुलसीरामलाई हराउँदै सीमा मेयरमा निर्वाचित भएकी थिइन् । यस्तै, उपमेयरमा ९ सय ४७ मतले एमालेका महेश पुरीलाई पछाडि पार्दै देवी अर्याल विजयी भइन् । पुरी निवर्तमान उपमेयर हुन् । एमालेको लाल किल्ला रहेको पुतलीबजारमा कांग्रेसले पहिलोपटक सफलता हात पारेको कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले बताए । एउटा वडा आफूले लिनेगरी पुतलीबजारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

गल्याङ नगरपालिकामा २०७४ मा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेको प्रतिनिधित्व थियो । अहिलेको निर्वाचनमा कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा विजेता भए । जिल्ला अध्यक्ष समेत रहेका एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले हराउँदै गुरुप्रसाद भट्टराई विजयी भएका हुन् । भट्टराई कांग्रेस पार्टीका जिल्ला सचिव हुन् । निवर्तमान उपमेयर एमालेकी देवीसरा थापालाई ६३ मतले पछि पार्दै उपमेयरमा हेमा न्यौपाने विजयी भइन् । गल्याङ पनि एमालेको आधार क्षेत्र मानिन्छ ।

अघिल्लो निर्वाचनमा मेयर र उपमेयरमा विजयी भएको कांग्रेसले यसपटक पनि भीरकोटमा आफ्नो विरासत कायम राख्यो । मेयरमा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै गोविन्दकुमार कर्माचार्य विजयी भए । एमालेकी सरस्वती अधिकारीलाई २ हजार २ सय ६९ मतले पछाडि पार्दै भगवती रेग्मी अर्याल विजयी भइन् ।

अघिल्लो निर्वाचनमा अर्जुनचौपारी गाउँपालिका उपप्रमुख गुमाएको कांग्रेसले यसपल्ट कायम गर्यो । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भए । निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै अध्यक्षमा प्रकाश तिवारी विजयी भएका छन् भने एमालेका टंकप्रसाद खनाललाई १ हजार ६० मतले पछाडि पार्दै सपना गुरुङ उपाध्यक्षमा विजयी भइन् । अघिल्लो पटक अध्यक्ष पनि कांग्रेसबाटै निर्वाचित भएका थिए ।

विरुवामा २०७४ को निर्वाचनमा अध्यक्ष/उपाध्यक्ष जितेको एमालेले यसपल्ट पनि आफ्नो वर्चस्व कायम राखेको छ । विरुवा गाउँपालिकाका कांग्रेस सभापति समेत रहेका डोलराज पोखरेल कांग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका थिए । १ सय २६ मतले पोखरेल पराजित भए । एमालेका सूर्य कुँवर अध्यक्षमा विजयी भए । माओवादीका थमबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी बनिन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धन थियो । एमालेको पकड क्षेत्र मानिने विरुवामा यसभन्दा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै एमाले विजयी बनेको थियो ।

आँधीखोला गाउँपालिकाले यसपटक पनि एमालेकै नेतृत्व पाएको छ । अघिल्लो निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार विजयी भएका थिए । यसपटक एमालेका विश्व पौडेलले काँग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पराजित गरे । उपाध्यक्षमा एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतले एमालेकी सीता थापाले पराजित गरिन् । यहाँ समाजवादी र कांग्रेसको गठबन्धन थियो ।

यस्तै कांग्रेस र माओवादीको गठबन्धन तोड्दै फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले पछाडि पार्दै अध्यक्षमा एमालेका घनश्याम सुवेदी चुनिए । उपाध्यक्षमा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतले पछाडि पार्दै एमालेकी देउकुमारी गुरुङ निर्वाचित भइन् । अघिल्लो निर्वाचनमा पनि फेदीखोलामा एमालेकै उम्मेदवार निर्वाचित थिए । सुवेदी अघिल्लो निर्वाचन पनि अध्यक्ष निर्वाचित भएका थिए भने गुरुङ ५ नम्बरकी वडाध्यक्ष थिइन् ।

त्यस्तै कालीगण्डकी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेकै प्रतिनिधित्व थियो । पूर्व अध्यक्षसमेत रहेका खिमबहादुर थापा पुन: अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसकी माया रानालाई १ हजार ६ सय ४५ मतले पछि पार्दै खिमबहादुर विजयी घोषित भए । यस्तै, उपप्रमुखमा पनि पुन: सावित्रा कोइराला नै विजयी भइन् । राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेलाई १ हजार ३ सय ९३ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् ।

कांग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै हरिनासमा पुन: खिमनारायण मानन्धर अध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले हराए । अघिल्लो निर्वाचनमा पनि गठबन्धनलाई हराउँदै मानन्धर विजेता बनेका थिए । यसैगरी उपाध्यक्षमा माओवादीकी मिठु लम्साललाई २४ मतले हराउँदै एमालेकी इन्द्रकुमारी थापा विजयी बनेकी छन् । अघिल्लो निर्वाचनमा पनि हरिनासमा अध्यक्ष र उपाध्यक्ष एमालेकै पोल्टामा थियो ।हरिनासमा दुईवटै निर्वाचनमा माओवादी र कांग्रेसले सफलता हात पार्न सकेनन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.