Play

पोखरा महानगरपालिका वडा नम्बर २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी

गुरुकुल खबर


पोखरा ४ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् ।

उनले नेकपा एमालेका रामचन्द्र थापालाई पराजित गरेका हुन् । अन्य सदस्यमा भने नेकपा एमाले विजयी भएका छन् । खुल्ला सदस्यमा नेकपा एमालेका कृष्ण प्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र महिला दलित सदस्यमा मैयाँ नेपाली विजयी भएका छन् ।

४ जेष्ठ २०७९, बुधबार १३:५० मा प्रकाशित
Nabintech