Play

बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीको उम्मेदवारी फिर्ता

गुरुकुल खबर


पोखरा ।  स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयर पदमा ‘वागी’ उम्मेदवारी दिएका नेपाली कांग्रेस कास्कीका नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । पार्टीको नीतिप्रति असहमति जनाउदै वागी उम्मेदवार दिएका कार्कीले सोमबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताएका छन् । पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले भने ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु ।’ जारी विज्ञप्तीमा उनले आफ्नो उम्मेदवारी आजैदेखि निश्क्रिय भएको उल्लेख गरेका छन् ।

यसैबीच नेपाली काँग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यबाद ज्ञापन गरेको छ । पार्टी भित्र असन्तुष्टी भएपनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरि कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुशी भएको काँग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताए । ‘बिमलबहादुर कार्कीज्यूले पार्टीलाई सघाउने काम गर्नुभएको छ, यो उदाहरणीय काम पनि हो’ कास्की काँग्रेस सभापति बरालले भने ।

गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की काँग्रेसले बताएको छ ।

२६ बैशाख २०७९, सोमबार १८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा