Play

एमालेलाई खत्तम पार्ने प्रयास भए : ओली

गुरुकुल खबर


काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलेओलीले एमालेलाई बाहिरबाट ‘खत्तम पार्ने प्रयास’ भएको आरोप लगाएका छन् । कसले त्यस्तो गरेको भन्ने प्रस्ट नभने पनि उनले थपे, ‘एमालेलाई खत्तम पार्ने प्रयास भए ।

पोखरा महानगरपालिकामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, बाहिरबाट हमला भए । बदानाम गर्न खोजियो, चरित्र हत्या गर्न खोजियो, एमालेका नीति बंग्याएर प्रस्तुत गरियो ।’

ओलीले आफ्ना कुरा बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै भएको बताएका छन् ।  उनले आफूले बोलेका कुरा नबुझ्नेले उखान टुक्का भन्ने गरेको आरोप लगाए । ओलीले भने, ‘मैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु, उसले उखान टुक्का भन्छ ।’

कांग्रेसका नेताहरूले आफ्ना भनाइलाई उखान टुक्का नबुझेर भनेको भएपनि बुद्धिजीवीले त्यस्तै बोलेकोमा ओलीको आपत्ति थियो । ‘कांग्रेसका नेताहरूले उखानटुक्का भन्नु त ठीकै थियो, उनीहरू बुझ्दै बुझ्दैनन् । तर अरुले पनि, कतिपय केही मान्छे छन् सो कल्ड बुद्धिजीवी । उनीहरू पनि उखानटुक्का भन्छन् ।’ आफूले देश विकासको कुरा गरिरहेको ओलीको भनाइ थियो । ‘यो उखानटुक्का होइन, देश बनाउने नीति, प्रतिबद्धताको कुरा हो ।’

ओलीले आफू ‘एमालेको ड्राइभिङ सिट’मा बसेकाले विकासका काम तीव्र पार्ने बताए । ‘म आज नेकपा (एमाले)को ड्राइभर सिटमा बस्दा मलाई देशको विकासका लागि सारा प्यासेन्जरलाई सुरक्षित ढंगले गाडी हाकेर अगाडि बढाउनुपर्छ, देश विकासको यस अभियानमा तीव्र गतीले अगाडि बढाउनुपर्छ भन्ने कुरा राम्ररी थाहा छ,’ उनले भने, ‘एमालेले देश अगाडि बढाउँदा तीव्र विकासको गति र सुरक्षित ढ्गले ड्राइभिङ गरिरहेको छु ।’

ओलीले मतगणना सुरक्षाप्रति आशंका व्यक्त गरेका छन् । उनले कार्यकर्ताहरूलाई मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिन पनि निर्देशन दिएका छन् । उनले प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका खेल्न आग्रह गरेका थिए ।

२६ बैशाख २०७९, सोमबार १६:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा