Play

महानगरको फ्रण्ट डेस्क बैंकको टेलर जस्तो बनाउने गठबन्धन दलका मेयर र उपमेयरको दावी

गुरुकुल खबर


पोखरा । पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले पोखरा नबन्नुमा अहिले सम्मको नेतृत्व जिम्मेवार रहेको बताएका छन् । पोखराका विभिन्न वडाहरुमा आयोजित मेयर र उपमेयरसंग घरदैलो कार्यक्रम तथा चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसकेको बताएका हुन् ।

उमेदवार आचार्यले पोखरा महानगरमा अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अब त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाए । उनले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानगरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने बताए ।

पोखरालाई स्वदेश तथा विदेशमा पर्यटकीय सहरको रुपमा चिनाउन पहल गर्ने बताउदै आचार्यले विजयी भएपछि पहिलो बैठकबाटै संघ र प्रदेश सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिने विश्वास दिलाए । उनले महानगरको कार्यप्रणालीमा म भन्ने अवस्था बदलेर हामी भन्ने प्रद्धति स्थापित गर्ने बाचा समेत गरे । महानगर भित्रै जातीय रुपमा विभेदका केही स्वरुप बाँकी रहेको उल्लेख गर्दै उनले त्यसलाई हटाउन योजनावद्ध प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पछि थपिएका वडामा सडकहरुको स्तरोन्नति, पर्यटकीय संरचना निर्माण, कृषिको व्यवसायीकरण जस्ता सबालमा महानगरले सघाउने उल्लेख गरिन् । उमेदवार रानाभाटले पोखरामा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाईन । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले पोखरामा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै उनले विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको बताईन् ।

बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा विकास गरिने उनले बताईन् । महिला सशक्तिकरणमा जोड दिदै उनले सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने पनि बताईन् । पोखरा महानगरलई महिता तथा बालबालिका मैत्री महानगर बनाउने दावी समेत गरिन ।

रानाभाटले सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । पोखरा महानगरपालिकामा अहिले सुशासन कायम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । महानगरमा वार्षिक १४ करोड भन्दा बढी बेरुजु देखिनु र महानगरपालिका कै कर्मचारी भ्रष्टाचारमा मुछिनुका साथै मेयरका कानूनी सल्लाहकार लेनदेन मिलाईदिने भन्दै घुस खाएको आरोपमा पक्राउ पर्नुले महानगरपालिका भित्र कतिधेरै बेथिति छ भन्ने प्रष्ट हुन्छ । महानगरभित्र भएको यस प्रकारका विकृति र विसंगति अन्त्य गर्ने गठबन्धनले प्रण गरेको छ । महानगरभित्र हुने घुस, कमिसन लगायतका कार्यको अन्त्यका लागि गठबन्धनले सेवालाई डिजिटलाइजेसन गरेर घरमै बसीबसी सेवा लिने ब्यबस्था मिलाउने बताएको छ । जसका लागि एप्स निर्माण गरेर सञ्चालन गरिनेछ ।

गठबन्धनको नेतृत्वले महानगरको फ्रण्ट डेस्क बैंकको टेलर जस्तो बनाउनेछ । जसरी अहिले बैंक भित्र पस्ने वित्तिकै कहाँ के हुन्छ र त्यसका लागि के के चाहिन्छ भन्नेदेखि सेवा चुस्त बनाइएको हुन्छ त्यसरी नै महानगरमा पनि काम हुने वातावरण निर्माण गरिने दावी मेयर र उपमेयर पदका उम्मेदवारले गरेका छन ।

२५ बैशाख २०७९, आईतवार ०८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा