Play

वडा नं १० को ७० प्रतिशत चुनावी अभियान सम्पन्न

गुरुकुल खबर


पोखरा २३ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा जुटेको पोखरा महानगरपालिका वडा नं १० नेपाली काँग्रेसको ७० प्रतिशत चुनावी अभियान सम्पन्न भएको छ ।
बिहीबार मात्रै वडाका सम्पूर्ण घर घरमा पुगी मतदाता भेटघाट गर्र्ने कार्यक्रम घरदैलो सकिएको नेपाली काँग्रेस वडा नं १० का इकाई सचिव उदिम गुरुङले जानकारी दिए । घरदैलो कार्यक्रम सम्पन्न भए पनि चुनावी सभा बाँकी रहेको बताइन्छ । ‘घरघर पुग्ने काम सकिएको छ’ सचिव गुरुङले भने ‘घरदैलो सकिए पनि मतदाता भेट्ने र समस्या सुन्ने काम त अझै पनि गरीरहेका छौं ।’ गुरुङका अनुसार नेपाली काँग्रेस वडा इकाई समिति वडा नं १० ले शनिबार बिहान साढे आठ बजे अमरसिंह र दिउँसो १ बजे हस्पिटल चोकमा चोकमा कोणसभाको आयोजना गर्दैछ ।

‘वडाको विकास र सुशासन चाहने मतदाताहरुको वडा भएकाले पनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा वकालत गर्ने पार्टी नेपाली काँग्रेसलाई मत आउनेमा ढुक्क छु’ वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले भने ‘काँग्रेसले गएको स्थानीय निर्वाचनमा जीत हासिल गरी वडाबासीको हितमा काम गरेकोले यस पटकको निर्वाचनमा पनि मत दिएर मेरै प्यानललाई विजयी गराउनेछन् ।’
अघिल्लो निर्वाचनमा निर्वाचित काँग्रेसको जनप्रतिनिधिले कहिल्यै जनतालाई धोका नदिई विकास र सुशासनमा कटिबद्ध भई लागेकोले यस पटकको निर्वाचनमा पनि काँग्रेस नेतृत्वलाई नै विजयी गराउने उम्मेवादर एवम् काँग्रेस कार्यकर्ताहरुको विश्वास छ ।

नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका राजेश गुरुङ नेतृत्वमा सदस्य पदमा उम्मेदवारहरु परमेश्वर बहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली चुनावी अभियानमा छन् ।

२३ बैशाख २०७९, शुक्रबार १४:१९ मा प्रकाशित
Nabintech