Play

वडा नं १० को घरदैलो जारी , काँग्रेसको समर्थनमा मतदाता

गुरुकुल खबर


पोखरा २१ । पोखरा महानगरपालिका वडा नं १०मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दिएका राजेश गुरुङसहित काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रममा छन् । घरदैलो कार्यक्रम लिएर मतदाता समक्ष पुग्दा यसअगाडि नेपाली काँग्रेसकै नेतृत्वमा रहँदा वडामा राम्रो काम भएको प्रशंसा मतदाताहरुले गरेका छन् ।

नेपाली काँग्रेसले गएको स्थानीय निर्वाचनमा जीत हासिल गरी वडाबासीको हितमा काम गरेकोले यस पटकको निर्वाचनमा पनि मत दिएर नेपाली काँग्रेसकै व्यक्तिलाई अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा बुधबार नेपाली काँग्रेसको उम्मदेवारको टोली वडा नम्बर १० को शिवचोक, जनप्रिय टोल, बेथाने टोल, नहर मार्ग, सृष्टि टोल र लखन टोल पुगेको थियो ।
‘गएकोे निर्वाचनमा जितेको काँग्रेस र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामको प्रशंसाले पनि मतदाता हामीप्रति अति सकारात्मक छन्’ वडा अध्यक्षका उम्मेदवार राजेश गुरुङले भने ‘मतदाताको विश्वासलाई धरासायी बनाउनु हुदैन, हामीले जित्नै पर्छ र जित्छौं पनि ।’

अघिल्लो निर्वाचनमा निर्वाचित काँग्रेसको जनप्रतिनिधिले कहिल्यै जनतालाई धोका हुने काम नगरेको र वडाको सुशासन तथा विकासमा क्रियाशिल भएकोले पनि वडा नम्बर १० को वडाबासीको साथ र समर्थन काँग्रेसको नेतृत्वप्रति रहेको नेपाली काँग्रेस वडा नं १०  इकाई सचिव उदिम गुरुङ बताउँछन् । ‘चुनाव हाम्रो पक्षमा छ, कार्यकर्ता एवम् मतदाता सहभागिता उत्साहजनक पाएका छौं’  इकाई सचिव गुरुङले  भने । स्थानीय निकायको यो निर्वाचनमा नेपाली काँग्रेसका राजेश गुरुङको नेतृत्वमा सदस्य पदमा परमेश्वर बहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली चुनावी मैदानमा छन् ।

 

२१ बैशाख २०७९, बुधबार १३:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा