Play

कांग्रेसको प्रभाव क्षेत्र मानिने पोखरा – ९ मा विरासत कायम राख्ने अभियान शुरु

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसको ईतिहासमा सदैव प्रभाव क्षेत्र मानिने र सबैजसो निर्वाचनमा कांग्रेसले नै बिजय प्राप्त गर्दै आएको पोखरा महानगरपालिका वडा नम्बर ९ मा यस पटक पनि पुरानै बिरासत कायम गर्ने अभियान बनेको छ ।यसै क्रममा वडा नं ९ का कांग्रेस उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा दिपेन्द्र मर्सानी उमेदवार बनेको छन । विभिन्न संघ संस्थामा क्रियाशील दीपेन्द्र प्रजातन्त्रका सेनानी , २००७ सालका योद्दा सुन्दर प्रसाद मर्सानीका नाती हुन ।

वडाध्यक्ष सहित सदस्य पदका उम्मेदवारहरुले वडा नं ९ को नागढुंगा क्षेत्रबाट घरदैलो सहित मतदातासंगको भेट गरेर उनिहरुका समस्या बुझ्ने अभियान थालेका हुन् ।

नेपाली काँग्रेसले पोखराको वडा नं ९ मा सदैव बिजय प्राप्त गर्दै आएको छ ।

२०४९ र २०५४ मा विष्णु प्रसाद बांस्तोला वडाध्यक्ष निर्वाचित त्यस वडामा यस अगाडिको निर्वाचनमा पनि कांग्रेसकै रामराज लामीछाने निर्वाचित बनेका थिए । निरन्तर कांग्रेस बिजयी यो वडामा यस पटक पनि कांग्रेसले नै जित्नुपर्ने दवाव बढेको छ सोही कारणले वडाका उमेदवारहरु र पार्टी संगठनका जिम्मेवारीमा रहेका हरुले सक्रियता देखाउन लागेका छन ।

चुनावी अभियानलाई तिब्र बनाउनुका साथै वडाको विकास र सुशासनलाई मुख्य एजेण्डा बनाएर आंफुहरु अगाडि बढिरहेको अध्यक्षका उमेदवार मर्सानीको भनाई छ । ‘सधै नेपाली काँग्रेसले जीत हासिल गर्दै आईरहेको वडा हो’ मर्सानीले भने ‘विरासत कायम राख्नकालागि हामीले चुनावी अभियानलाई बुलन्द पारेका छौं ।’ ‘हाम्रो प्यानल नै विजयी बन्नेमा हामी ढुक्क छौं’ अध्यक्ष पदका उम्मेदवार मर्सानीले भने ‘शिक्षा, स्वास्थ्य, कला संस्कृति, विकास, सुशासन, सुकुम्बासी समस्या समाधान लगायतको एजेण्डालाई हामीले प्राथमिकतामा दिएका छौं ।

घरदैलोमा अभियानमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी सहित पार्टीको वडा कार्य समितिका सभापति शिवराज बांस्तोला सहित दर्जनौ सहभागि थिए । मतदाताहरुको उल्लेखनीय सहभागिताप्रति लक्षित गर्दै महिला सदस्य पदका उम्मेदवार भावना श्रेष्ठले ‘मतदाताको उत्साह र भनिन , हाम्रो आत्मबलले चुनाव जित्नेमा हामी ढुक्क छौँ ।’ श्रेष्ठले सधै जनताको कामप्रति जिम्मेवार रहने काँग्रेस सम्वद्द उमेदवारलाई जिताउन वडाबासीसंग अनुरोध गरिन् । सञ्चारकर्मी समेत रहेकी श्रेष्ठले वडा नं ९ लाई आर्थिक, सामाजिक, साँस्कृतिक अभियानद्धारा मुलुककै एक नमुना वडा बनाउने लक्ष्य सहित आफुहरु मतदातासम्म पुगीरहेको स्पष्ट पारिन् ।

अध्यक्ष पदका उम्मेदवार मर्सानी नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ख का सभापति हुन् । उनि विभिन्न शैक्षिक र सामाजिक संघसंस्थामा आवद्ध भई सक्रिय सामाजिक कार्य गर्दै आइरहेकाले पनि उनको प्रभाव राम्रो भएको मतदाताहरुको भनाई छ । सोमबार नागढुंगा क्षेत्रबाट शुरु भएको घरदैलो कार्यक्रम पृथ्वीचोकको बसपार्क क्षेत्र, नयाँबजार, चिप्लेढुंगा, मुख्य बजार महेन्द्रपुल, न्युरोड लगायतका क्षेत्रमा गरिने कार्यक्रम रहेको छ

१९ बैशाख २०७९, सोमबार २१:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा