Play

कास्की कांग्रेसद्धारा संसदीय समिति गठन

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस कास्कीको शुक्रबार बिहान सम्पन्न बैठकले संसदीय समिति गठन गरेको छ । पार्टीको सभापति किशोरदत्त बरालको सभापतित्वमा संसदीय समिति गठन गरेको हो ।

संसदीय समितिमा उपसभापतिद्वय युवराज कुँवर, रामबाबु भण्डारी, सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकाल, सहसचिवद्वय शंकर ढुंगाना र नविन सिग्देल, कोषाध्यक्ष माइकल कर्माचार्य छन् ।

जिल्ला सदस्यहरुमध्येबाट सुदीप मोहन भट्टराई, गंगाधर पराजुली, बाबुराम गिरी, चौबहादुर गुरुड, सीता शर्मालाई समिति सदस्यमा मनोनित गरिएको छ । जिल्ला संसदीय समितिलाई स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने अधिकार विधानले दिएको छ ।

यस्तै, गाउँ, नगर वडाका अध्यक्ष र सदस्यको उम्मेदवारी प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले तय गर्छ । कांग्रेसको विधानअनुसार जिल्ला कार्यसमितिका सभापति जिल्ला संसदीय समितिका सभापति र सचिव जिल्ला संसदीय समितिको सचिव हुन्छन् । जिल्ला कार्यसमितिका पदाधिकारी भने जिल्ला संसदीय समितिका पदेन सदस्य हुन्छन् ।

जिल्ला सभापतिले जिल्ला कार्यसमितिका सदस्यमध्येबाट प्रस्ताव गरी जिल्ला कार्यसमितिले अनुमोदन गरेका बढीमा पाँच जना सदस्य समितिमा रहने व्यवस्था छ ।

बैठकले युवक लामिछानेको संयोजकत्वमा अनुशासन समिति पनि गठन गरेको जिल्ला सदस्य पराजुलीले जानकारी दिए । उनका अनुसार बैठकले समितिमा रामजी कोइराला र चन्द्रमाया गुरुडलाई सदस्य मनोनित गरेको छ ।

 

९ बैशाख २०७९, शुक्रबार १४:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा