तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ पोखरामा प्रदर्शन हुँदै

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र १७ मा प्रकाशित
in मनोरञ्जन, गण्डकी प्रदेश, राजनीति, समाचार
बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ पोखरामा प्रदर्शन हुँदै
30
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र चैत १८ गते शुक्रबार पोखरामा प्रदर्शन हुने भएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा उक्त वृत्तचित्र निर्माण गरिएको हो ।

वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब ६ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले बताए । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गर्नुभएका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर संकलन गरिएकाले जीवन्त छ ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कंदा साथमै रहेका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ । हाल उहाँहरुको निधन भइसके पनि यसअघि नै भनाइ लिइएको थियो ।

बिपीलगायत नेताहरु मेलमिलापको नीति लिएर फर्कनुअघि उनलाई नेपालको राष्ट्रपतिको अफर गरिएकामा देश बचाउन पद कसरी छोडेको भन्ने पनि देखाइएको प्रधानसम्पादक नेपालले बताए । वृत्तचित्रमा भिडियोग्राफी र सम्पादनको काम मानबहादुर थापाले गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापक बिपी आफूमाथिका ८ वटा राजद्रोहसम्बन्धी मुद्दाकोसमेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फकिए र कसरी जनमत संग्र्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा देखाइएको छ । नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्डसमेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता संकटमा पर्ने त्रासकाबीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले बताए ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्किएकाले नै बिपी राजनेता बन्न सफल भएको विषयलाई वृत्तचित्रमा देखाइएको छ । मुलुकको सार्वभौमिकता जोगाउन उनले उठाएको जोखिमलाई पनि वृत्तचित्रको विषय बनाइएको छ । आज गौरवका साथ नाम लिइने देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले देखाएको छ । ऐतिहासिक पात्रकै माध्यमबाट त्यसबेलाका घटना दर्शकले हेर्न सक्ने भएका छन् ।

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको सदस्य सचिव कोइरालाले बताए ।

विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ । लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको अन्वेषण न्युज डटकमले जनाएको छ ।

फाउन्डेसनले अन्वेषण न्युज डटकमको सहकार्यमा वृत्तचित्र निर्माणलाई अघि बढाएको हो । इतिहासजस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुकसँग आह्वान गरेको छ ।

‘राजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुंगा’ वृत्तचित्र तयार गरी सम्पादनको अन्तिम चरणमा रहेको जनाइएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष डा. शशांक कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचित्र निर्माणको तयारी गरिएकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउँछन् । चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको सिलेप्लेक्समा शुक्रबार बिहान पौने ९ बजे वृत्तचित्र प्रदर्शन गर्न लागिएको हो

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.