Play

स्याङ्जाको पुतलीबजार सिम्लेमा माघे पूर्णिमा मेला २०७८ सुरु

गुरुकुल खबर


स्याङजा । पुतलीबजार नगरपालिका वडा नं १२ सिम्ले २ स्याङ्जामा बुधबारदेखि माघे पूर्णिमा मेला २०७८ सुरु भएको छ । प्रत्येक वर्षको माघ पूर्णिमामा आयोजना गरिदै आएको सो मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल क्षेष्ठले उद्घाटन गरेका थिए ।
सांग्रिला युवा परिवारको आयोजनामा आयोजित सो माघे पुर्णिामा रमाइलो मेलामा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम पनि संचालन गरिने क्लवले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले युवाहरु सामाजिक कामसंगै शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रको विकास र परिवर्तनका लागि लाग्नु पर्नेमा जोड दिए । क्वलका अध्यक्ष विशाल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भलिबल ग्राउण्ड निर्माणका लागि जग्गा दान गरेका जग्गा दाता एवम् समाजसेवी ठोकबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ, मनकामना माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष जीवनाथ अर्याल, नेपाली काँग्रेसका युवा नेता राजेन्द्र शर्मा लगायतले युवा शक्ति परिचालनले नै समाजमा परिवर्तन आउने बताएका थिए ।

कार्यक्रममा भलिबल ग्राउण्डका लागि जग्गा दिने जग्गादाताहरु लोकबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ लगायत ठोकबहादुर गुरुङ र नन्दलाल गुरुङलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

१२ चैत्र २०७८, शनिबार २१:२० मा प्रकाशित
Nabintech