Play

गठबन्धन गर्न ओली पूर्वराजा ज्ञानेन्द्र निवास पुगे : नेपाल

गुरुकुल खबर


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् ।

काठमाडौँ शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौँको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

आसन्न निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताएका उनले गठबन्धन बाहिरका विचार मिल्ने दलहरू पनि तालमेल गर्न प्रस्ताव आएको बताए ।सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको अध्यक्ष नेपालको भनाइ छ । ओलीले राप्रपासँग गठबन्धन गर्न खोजेको नेपालले बताए

सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन्,’ उनले भने, ‘तर, उनी पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।

११ चैत्र २०७८, शुक्रबार १४:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा