Play

अन्नपूर्ण केवलकार केही दिन बन्द हुने

गुरुकुल खबर


पोखरा । सुरक्षा जांच तथा नियमित मर्मतसम्भारका लागि पोखराको  पहिलो केवलकार ‘अन्नपूर्ण केवलकार’ फागुन ३० गतेसम्म बन्द हुने भएको छ ।

फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीद्वारा जारी सूचनामा जनाईएको छ । नियमित मर्मतसम्भारपछि केवलकार चैत्र १ गतेदेखि नियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

‘नियमित मर्मत सम्भार गर्नका लागि केही दिन केवलकार बन्द गर्न लागेका हौ’ महाप्रबन्धक दिनेश पौौड्यालले भने ‘यात्रु वर्गमा पर्नगएको असुविधाप्रति हामी क्षमा चहान्छौ ।’ नियमित मर्मतसम्भार पछि चुस्त र सुरक्षित रुपमा सेवामा आउने महाप्रबन्धक पौड्यालले जानकारी दिए ।

फागुन ६ गते सफ्ट उद्घाटनपछि बिहान १० बजेदेखि सांझ ५ बजेसम्म संचालनमा रहेको केवलकार नियमित मर्मतसम्भार पछि नयां समयतालिकाका साथ सेवा संचालनमा ल्याउने तयारीमा रहेको पनि कम्पनीले जनाएको छ ।

‘सराङकोटबाट सनराईज हेर्ने गरी सेवा संचालन गर्ने आन्तरीक तयारीमा छौ’ महाप्रबन्धक पौड्यालले गुरुकुल खबरलाई भने ‘योनियमित मर्मतपछि हामी बिहान ५ बजेदेखि नै सेवा संचालनमा ल्याउनेछौ ।’

नियमित मर्मतसंभारका लागि गरिएको केवलकार बन्दले केही दिन समस्या परे पनि भोलीका दिनमा सुरक्षाका लागि ढुक्क हुन सकिनेसञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीको भनाई छ ।

२५ फाल्गुन २०७८, बुधबार ०७:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा