तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पार्टीको समग्र ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुहोस् – कांग्रेस प्रवक्ता डा. महत

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन ८ मा प्रकाशित
in राजनीति, बाग्मती प्रदेश, समाचार
सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउ- कांग्रेस सहमहामन्त्री डा. महत
30
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter
नुवाकोट ,नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र कार्यकर्ताहरुले समग्र ध्यान आगामी निर्वाचनमा लगाउनु पर्ने बताउनुभएको छ ।
नुवाकोटको क्षेत्र नं १ कोे क्षेत्रीय कार्यालय र प्रदेश ख को प्रदेश क्षेत्रीय कार्यालयको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्दा देशको पूर्वाधार निर्माणका आयोजनाहरु  प्रभावित हुनुको साथै आर्थिक र सामाजिक विकासमा  पनि असर परेको उहाँले बताउनुभयो ।
उहाँले टोखा छहरे र ककनी हुँदै त्रिशुली पुग्ने बाटोको उदाहरण दिंदै भन्नुभयो, “ नेपाली कांग्रेसले निर्वाचन जितेको समयमा नुवाकोटका सडक आयोजनाहरुमा पर्याप्त बजेट परेको थियो । गत निर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाउन सकेन । कम्युनिष्ट सरकारले यी सडकहरुमा पर्याप्त बजेट छुट्टयाएनन् । त्यसको परिणाम तपाईहरुले देख्नुभएको छ ,भोग्नुभएको छ । देशभरी नै यस्तै अवस्था छ ।”
पार्टी प्रवक्ता डा.महतले कार्यकर्ताहरुले पार्टीले आगामी निर्वाचनमा गठबन्धन गर्छ गर्दैन भन्ने चिन्ता नलिन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “ निर्वाचनमा हरेक पार्टीमा आफूले बढी सीट जितौ भन्ने चाहना हुन्छ । हामीले पनि बढी सिट जित्ने हो । त्यसबेलासम्म गठबन्धनका सबै दलले आआफ्नो मूल्यांकन गर्नेछन् । गठबन्धनबाट हामीलाई बढी लाभ हुन्छ भन्ने पार्टीले निक्र्यौल गर्यो भने गठबन्धन हुन्छ । नभए पार्टीले आफ्नो बलबूतामा चुनाव लड्छ । हाम्रो तयारी पार्टीका सबै उम्मेद्वारले चुनाव जित्ने ढंगले हुुनुपर्दछ । वडा तहसम्मका हाम्रा उम्मेद्वारले चुनाव जित्ने गरी आजै देखि तयारी गर्नुहोला ।
पूर्वपरराष्ट्रमन्त्री तथा ऊर्जामन्त्री डा. महतले एमसीसीको बारेमा सत्ता गठबन्धनका साझेदार दलहरुले राजनीतिक इमान्दारी नदेखाउदा समस्या परेको बताउनुभयो । उहाँले अमेरिकाले दिएको ६० देखि ६५ अर्ब विकास अनुदान लिने प्रक्रियामा सबै दलका सबै नेताहरु सहभागी भएको र अहिले संसदमा छलफलका लागि प्रस्तुत गर्न केही दलबाट अवरोध गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ हिजो ४ देखि ५ महिनाभित्र संसदबाट अअनुमोदन गर्दछौ भनेर प्रचण्डजीले चिठी लेख्नुभएको हो । नेकपा एमालेका वर्तमान अध्यक्ष के.पी.शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँकै सरकारले एमसीसी कार्यान्वयन संझौता गर्दा संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको हो । तर अहिले संसदमा छलफल हुन दुवै दलबाट अवरोध भएको छ ।
उहाँले भन्नुभयो,“ पहिले छलफल त हुन दिऔं । उहाँहरु डराउनुभएको छ । यसमा उहाँहरुले छरे जस्तो कुनै भ्रामक कुरा छैन । यो वैदेशिक अनुदान सहयोग पारदर्शी छ ।
उहाँले अनुदान सहयोग नेपालले नै ठेक्का लगाउन पाउने, नेपालले नै लेखापरीक्षण गर्ने र निर्धारित समयमा सम्पन्न गर्ने जस्ता यसका प्रावधानले आगामी दिनमा नेपालमा आउने अनुदानमा नयाँ मापदण्ड निर्धारण गर्न यसले सघाउने पनि बताउनुभयो ।
प्रवक्ता डा। महतले सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै सरकारले पेश गर्ने विषयमा सभामुखले सघाउनु पर्ने बताउनुभयो ।
पूर्वमन्त्री डा.महतले नेपालका कम्युनिष्ट पार्टीका केही नेताहरुको प्रवृत्ति उजागर गर्दै भन्नुभयो, ‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ  ?”
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का सभापति ध्रुब श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, केन्द्रीय सदस्य रामहरि खतिवडा, नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता तथा वागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया, प्रदेश राज्यमन्त्री कल्पना नेपाली, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.