Play

शुक्रबारदेखि ‘अन्नपूर्ण केवलकार’ सञ्चालनमा आउने

गुरुकुल खबर


पोखरा । लामो समयको प्रतिक्षापछि नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार  सञ्चालनमा आउने भएको छ ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिकसञ्चालनमा आउने भएको हो ।

फेवातालको किनार भागबाट सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउन लागेकोअन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले गुरुकुल खबरलाई जानकारी दिए ।

‘कोभिड महामारीले सिर्जित विविध समस्याका कारण सञ्चालन मिति पटक पटक सर्दै आएको भए पनि अब सञ्चालन मिति ६ गतेलाईफिक्स भएको छ ।’ निर्देशक त्रिपाठीले भने ।

कोभिड १९ का कारण केवलकार संचालनमा केही ढिलाई भए पनि अब सेवाग्राहीको सेवाकालागि आफुहरु तयार भईसकेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले बताए । ‘पोखरेलीको प्रतिक्षाको घडी अब सकिएको छ’ महाप्रबन्धक पौड्यालले भने‘’

मेकानिकल ईन्जिनियर चिफ डिएन कायस्थले प्राविधिक पक्षका बारेमा जानकारी दिदै जापानको ‘निप्पन केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको बताए ।

केवलकारबाट फेवातालसंगै सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्न सकिन्छ ।केबलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप रहनेछन् ।

सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर दुरी रहेको र उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने कम्पनीले जनाएको छ ।केबलकारमा ८ जनाको सिट क्षमता रहेको छ ,१७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको कम्पनीले जनाएको छ । शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा निर्माण लागत बढेको बताईन्छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।

 

४ फाल्गुन २०७८, बुधबार २३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा