Play

नेपाली कांग्रेस कास्कीको बैठक सम्पन्न

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सरकारले गरेको जनतालाई निःशुल्करुपमा रगत दिने निर्णयको स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।

सभापति किशोरदत्त बरालको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो निर्णयको स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको हो ।

यसैगरी नेपाली कांग्रेस कास्कीको बैठकले महासमिति सदस्यको निर्वाचन एकसाता भित्रै गर्ने भएको छ । पार्टीको बैठकले फागुन १० गतेभित्रै पार्टीको महासमिति सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समितिको परिपत्र अनुसार फागुन १० गतेभित्रै महासमिति सदस्यको निर्वाचन तय भएको पार्टी सचिव भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीन वटै क्षेत्रमा महासमिति सदस्यको निर्वाचन हुनेछ ।

यसैगरी पार्टीको बैठकले दलित समुदायको स्वास्थ्य बीमा निःशुल्क गर्न माग गरेको छ । यसैगरी बैठक पोखरा २८ र १४ का पार्टीका पूर्व इकाई सभापति एवं प्रजातन्त्र सेनानीद्वय भोजराज त्रिपाठी र थानेश्वर पोखरेलको निधनमा दुःख व्यक्त गर्नुका साथै त्रिपाठी र पोखरेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

३ फाल्गुन २०७८, मंगलवार २०:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा