तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड

पृथ्वी राजमार्गको विकल्प बुद्धसिंह मार्ग, वृहत पोखराको परिकल्पना, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अब सुरु हुने

गुरुकुल खबर गुरुकुल खबर
२०७८ माघ २८ मा प्रकाशित
in गण्डकी प्रदेश, विशेष, समाचार
पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड
42
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, २८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताएका छन् ।
पोखरा महानगरपालिकाको १० औं सभाको उद्घाटन समारोहमा शुक्रबार मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा हामी पछाडि छौं । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।
उनले अबको पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्नेगरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले संघ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले भने, ‘सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको हो ।’
उनले स्थानीय तहका ५ वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैलाई समीक्षा गर्नुपर्ने बेला भएको पनि उल्लेख गरे । उनले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो ।’
पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै उनले यहाँका सडक चौडा हुन्, फराकिलो फुटपाथ, फूलका क्यारी सहितको फुटपाथ रात्रिकालीन बत्ती, चोक र टोलहरुमा सिसी क्यामेरा जरुरी रहेको उनले बताए । पोखरा आकर्षक मात्र होइन सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्छ भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका बेला अब यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी रहेको भनाइ राखे । अहिले मुग्लिन पोखरा सडक खण्ड विस्तारको काम भइरहेकामा जामुने पोखरा खण्डमध्ये पोखरातिरबाट काम थाल्नका लागि प्रदेश सरकारले आयोजना प्रमुखसँग कुरा गरिसकेको उनले बताए ।
पोखरा मुग्लिन सडक स्तरोन्नतिको काम भइरहँदा विकल्पको रुपमा रहेको बुद्धसिंह मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले पहल गरेको खुलासा उनले गरे ।  नारायणघाट मुगलिन सडक खण्डको घुमाउने भन्ने ठाउँमा पुल निर्माणाधीन छ । त्यसमा हालका लागि बेलिब्रिज बनाएर भए पनि धुमाउनेदेखि दमौली सडक सञ्चालनमा ल्याउने हो भने झण्डै ३२ किलोमिटर बाटो छोटिन्छ ।
पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने उनको आग्रह छ । उनले भने, ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन ।’ फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको भन्दै उनले अब काम कसरी गर्ने चुनौती रहेको सुनाए ।
पोखरामा व्यवस्थित बसपार्क बनाउन धेरै ढिलाइ भइसकेको चर्चा गर्दै उनले प्रदेशको समेत सहभागितामा लामेआहालमा बसपार्क बनाउन  सहकार्यका लागि आह्वान गरे । प्रदेश सरकारको नेतृत्वमा आफू आएको ७ महिना भए पनि नागरिकको नजिक पुग्ने प्रयास हामीले गरेको उनको भनाइ थियो । विकासे योजनाका साथमा सामाजिक क्षेत्रका कार्यलाई पनि हामीले सँगसँगै अगाडि बढाएको मुख्यमन्त्री पोखरेलले सुनाए ।
चर्चामा आएर पनि अगाडि बढ्न नसकेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अब सुरु हुनेभएको जानकारी उनले दिए , उनले भने, ‘लगानी बोर्डले अब पोखराको सिलिङे डाँडामा सम्मेलन केन्द्र बनाउने छ । गत साता हामीले यसका बारेमा काठमाडौंमै पुगेर छलफल गरेपछि काम अगाडि बढ्ने भएको हो ।’

अब फागुन १ गतेबाट प्रदेशभरका अस्पतालमा रगतको निशुल्क प्रबन्ध गरिएको पनि उनले बताए । कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई अध्ययनका लागि मासिक ५ हजार रुपैयाँ, परिवारको सदस्य गुमाएकाहरुलाई एकमुष्ट ५० हजार रुपैयाँ दिन सुरु गरिसकेको मुख्यमन्त्री पोखरेलले बताए ।

उनले भने, ‘पोखरा मात्र होइन गण्डक प्रदेश नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका छौं । अहिले पोखराको सडक छेउमा धेरै दृष्टिविहीनहरु गीत गाएर बसेको देखिनुभएको छ, उहाँहरु कहाँबाट किन र कसरी आउनुभएको हो, महानगरले चासो देखाइदिनुहोला ।’
पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भनेर गरेको निर्णय अब कार्यान्वयनमा जाँदै गरेको उनले सुनाए ।
कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई सुन्दर बनाउनका लागि सबै एकजुट हुनुपर्ने भन्दै यसमा प्रदेश सरकारले पनि साथ दिनुपर्ने भनाइ राखे ।
उपमेयर मञ्जुदेवी गुरुङले ५ वर्षको अवधिमा महानगरले देखिने गरी काम गरेको बताइन् ।
उक्त अवसरमा वडाध्यक्षद्वय रामराज अधिकारी, शोभामोहन पौडेल, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले भनाइ राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.