Play

कास्की -३ को क्षेत्रीय सभापतिमा मनोजको उमेदवारी घोषणा, प्यानल नै बनाएर उमेदवारी दिने

गुरुकुल खबर


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही मंसीर ६ गते हुने कास्की क्षेत्र नं ३ को अधिवेशनमा कांगेसका युवा नेता मनोज गुरुडंले क्षेत्रीय सभापति पदमा उमेदवारी दिने भएका छन ।.
 यस अगाडीको अधिवेशनमा पनि उनि सभापति पदमा उमेदवार बनेको थिएं तर झिनो मतान्तरमा पोषनाथ शर्मा संग उनि पराजित बन्नुपरेको थियो ।
नेपाल तरुण दल कास्कीका वर्तमान अध्यक्ष समेत रहेका गुरूङले शनिवार आफ्ना केही समर्थक र शुभचिन्तक हरुको बिचमा आँफ्नो उमेदवारी घोषणा गरेका हुन ।

त्यस क्षेत्रका युवाहरू माझ लोकप्रिय रहेको मानिने गुरूङले पार्टी संगठन बलियो बनाउन , युवाहरुलाई नेपाली कांग्रेसको राजनीतिमा आकर्षित गरि सुदृढ़ संगठन निर्माण गर्नका लागि आफूले क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने बताए ।

पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मैले उम्मेदवारी दिनुपर्ने बाध्यता सृजना भएको छ – गुरुडंले गुरुकुल खवर संग भने । संगठन निर्माणसँगै कार्यकर्तालाई एकजुट बनाउने र क्रियाशील गराउन आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

नेपाली काँग्रेसका कार्यकर्तालाई काम र सम्मान चाहिएको छ । जुन अहिले छैन । नेता तथा कार्यकर्ता बीचको दुरी बढ्नुको कारण पनि त्यहीं हो । पार्टी कार्यकर्ताको पहिचान, कामको मुल्यांकन र व्यवस्थापनलाई सही ढंगले समन्वय गर्न सक्यो भने पार्टी पुनः सुदृढ़ र संगठित भएर अगाडी बढ्ने उनले बताए।

क्षेत्रीय सभापति पदमा गुरुडं संग खिमलाल बांस्तोलाले प्रतिस्पर्धा गर्ने करिव निश्चित जस्तै छ । उनि वर्तमान क्षेत्रीय सचिव समेत हुन ।

यसै बिच गुरुडं प्यानलबाट क्षेत्रीय सचिव पदमा मेख तामाडं र भरत केसी तथा सह सचिव पदमा महेश तिमिल्सिना र धरम बहादुर लामीछानेले उमेदवारी दिने चर्चा छ ।

सोही प्यानलबाट महाधिवेशन प्रतिनिधिमा  प्रतक्ष्य खुलातर्फ खेमराज पौडेल, राम प्रसाद अधिकारी , डा कृष्ण पौडेल , दिपक गुरुडं, दिवसमान प्रधानाडंग , बलराम गिरी , उमेश पराजुली , मुक्तिराम अधिकारी , देवेन्द्र शेरचन , भीम बहादुर गुरुडं, तथा महिला खुला तर्फ शारदा पौडेल , मन्धरा ढकाल , गोमा सुबेदी र सरीता पगेनीको उमेदवारी रहने बताईन्छ ।

पुरुष जनजाती तर्फ ललित गुरुडं र आश बहादुर गुरुडं तथा महिला जनजाति तर्फ टेकनशोभा गुरुडं र खिम कुमारी गुरुडं, खस आर्य पुरुष तर्फ भरत जंग कुंवर र पशुपती भट्टराई र महिला तर्फ कमला बिन्दु बराल र जुना कुमारी जीसी उमेदवार बन्ने भएका छन ।

दलित खुलामा मन बहादुर विक र महिलामा कृष्ण कुमारी परियारले पनि मनोज गुरुडं समुहबाट उमेदवारी दिने बुझिएको छ ।

यता कास्की कांग्रेसको जिल्ला कार्य समितिको बैठकमा क्षेत्र नं ३ बाट कांग्रेस क्रियाशील सदस्यहरुबाट संकलित करिब ५ लाख रुपैया पार्टीमा अझै सम्म पनि नबुझाएको भन्ने विषयले पनि मतदाताहरुमा चर्चा पाएको छ । उक्त रक़म नबुझाईएको विषयले सामाजिक संजालमा समेत चर्चा पाएको थियो ।

४ मंसिर २०७८, शनिबार २२:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा