Play

सहारा एकेडेमीको जिम्मा व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले लिने

गुरुकुल खबर


पोखराको  सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । पोखरामा  एक कार्यक्रमका बीच स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ।   क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने सहमती पत्रमा उल्लेख गरीएको छ  ।

सम्झौता आदान प्रदान कार्यक्रममा वोल्दै केसीका छोरा तथा यूवा उद्योगपती प्रकाश केसीले सहारा संग आफ्ना वुवाको संस्थागत निकटता र सवैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको सञ्चालनका  लागि सम्झौता गरेको बताउनु भयो ।
हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो वुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताउनु भयो  । अर्को छोरा रोशन केसीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जिवन्त बनाई राख्न सहारा एकेडेमी सँग जोडिएको बताउनु भयो  । उहाँले अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत ब्यक्त गर्नु भयो ।

सहयोग दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग केसि परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहदै आएको क्लवका अध्यक्ष हरि गुरुङले वताउनु भयो । सयोगले उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ  ।

हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले बताए ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत गरेको छ  । सहारा क्लवले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सन्चालन गरेको छ ।

२० कार्तिक २०७८, शनिबार ०७:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा