Play

कोरोना लगायतका महामारी र महाब्याधीबाट बच्न सिद्दमहायोग अनुष्ठान संचालन

गुरुकुल खबर


पोखरा, विश्वमा महामारीको रुपमा फैलिएको र पछिल्लो समय नेपाल भारत लगायतका मुलुकलाई आक्रान्त बनाएको कोरोना महामारीबाट जीवन रक्षा गर्ने उद्देश्यका साथ धार्मिक क्षेत्रमा संलग्न व्यक्तित्वद्वारा एक महाअभियान शुरु गरिएको छ । सिद्दमहायोग अनुष्ठान नाम दिईएको यस महाअभियानको संचालन जगद्गगुरु महायोगी सिद्दबाबाले गर्दै हुनुहुन्छ ।

यही जेठ १२ गते बाट शुरु भएको महाअभियान जेठ २७ गते सम्म चल्नेछ । उचित आहार बिहार , उचित आत्मसंयम र उचित दिनचर्या क़ायम गरेमा कोरोना लगायतका रोग , महामारी र महाब्याधीबाट बच्न सकिने भएकोले यसका लागि मज़बूत आधार तयार गर्न सिद्द महायोग अनुष्ठान संचालन गरिएको बताईएको छ ।

जगद्गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्दबाबा आध्यात्मिक प्रतिष्ठानले जनाएअनुसार प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर अनुष्ठानमा सहभागी बन्ने व्यवस्था गरिएको छ । यो अनुष्ठान भर्चुअल माध्यमबाट हुन लागेको हो । १५ दिन सम्म बिहान ५ बजे बाट ७ बजे सम्म अनुष्ठान हुने र त्यसमा सबै जना आआफ्नो घरबाटै भर्चुअल माध्यमबाट जोडिएर साधना सहितको अनुष्ठानमा सहभागी बन्नुपर्ने छ । अनुष्ठानको पहिलो दिन नै करिव चार सय जना सहभागी बनेका थिए ।

बुद्ध पूर्णिमाको अवसर पारेर शुरु गरिएको हिमालयन सिद्ध महायोगानुष्ठानमा सात्विक आयुर्वेदिक भोजन र यौगिक दिनचर्या हुन सकेमा उच्च मनोवल प्राप्त हुने र त्यसबाट नै कोविड -१९ बाट आक्रान्त नेपाली समाज मात्र नभएर विश्व मानव समाज नै लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो महामारिले सृजना गरेको बिपत्ति बाट आफु बच्ने मात्र नभएर अरूलाई पनि बचाउने संकल्पका साथ महायोगी सिद्धबाबा स्वामी श्रीरामकृष्णाचार्य जी माहाराज ले श्रीरामानन्दाचार्य सेवापीठ चतराधाम बाट यो ऐतिहासिक अनुष्ठान सञ्चालन गरिरहनु भएको छ, वहांका अनुसार अनुष्ठानको प्रमुख उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु , रोगी व्यक्तिको रोग निर्मूल गर्नु र वर्तमान कोरोना महामारीबाट मानव जीवनको रक्षा गर्नु गरि तिनवटा रहेका छन ।

वर्तमान र प्राचीन विज्ञानबाट प्रमाणित भएका तथ्यहरुलाई हेरेर पूर्वीय दर्शनको परिणामलाई मध्यनजर गर्दै ६ वटा शास्वत नियमलाई ध्यानमा राखेर अनुष्ठान तयार गरिएको हो । जस अनुसार उचित अन्न जलको व्यवस्थापन र सेवन , प्रकाश र शुद्ध वायुको संयमित सेवन, मलमूत्र पसिना आदीको यथानियम निष्कासन , शारीरिक रुपमा चिसो र तातोबाट रक्षा, उचित व्यायाम परिश्रम र विश्राम तथा विषाक्त द्रव्य, किटाणु र भाईरसबाट जीवन रक्षा रहेका छन ।

अनुष्ठानमा सहभागी हुनेहरुले केही घरायसी सामानको जोहो गर्नुपर्ने र केही नियम समेत पालना गर्नुपर्ने बताईन्छ ।

१२ जेष्ठ २०७८, बुधबार १९:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा