Play

मतदान हुनु दुईदिन अगाडी रास्वपाका उमेदवार किशोरी शाहको उमेदवारी खारेज

गुरुकुल खबर


काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा जिल्लामा प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी निर्बाचन आयोगले खारेज गरिदिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि मतदानको दुई दिन अगाडी उनको उम्मेदवारी खारेज गरिएको निर्बाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको पुष्टि गरेका छन।

उक्त निर्बाचन क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्। बिहीबार निर्वाचन हुँदैछ।

रास्वपाबाट उमेदवार बनेका शाहको उमेदवारी खारेज भएसंगै उक्त क्षेत्रमा रास्वपाले कुन दलको कुन उमेदवारलाई समर्थन गर्ने भन्ने स्पष्ट भैसकेको छैन।

तर रास्वपाले संस्थागत निर्णय गरेर कुनै एक उमेदवारलाई समर्थन गर्ने अबस्था आएमा यस अगडी अनुमान गरेको भन्दा फरक नतिजा आउनसक्ने सम्भावना समेत रहेको देखिन्छ ।

१९ फाल्गुन २०८२, मंगलवार १४:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा