Play

पोखराका अग्रज उधोगी चन्द्रकृष्ण कर्माचार्य समेतलाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखराका अग्रज उधोगी एबम ब्यबसायी तथा नेपाल उधोग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक परेको छ। कर्माचार्यकी आमा सानुमाया कर्माचार्यको ९५ बर्षको उमेरमा अघिल्लो बुधबार बिहानै निधन भएको थियो।

उमेर र स्वास्थ्यका कारण केहि समस्या देखिएपछि घरमा नै चिकित्सकको निगरानीमा राखिएकोमा स्वास्थ्यमा थप समस्या देखिए लगत्तै अस्पतालमा उपचारार्थ भर्ना गरिएको भएपनि भोलिपल्ट उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्व. कर्माचार्यका तिन छोराहरु रहेकोमा जेठा छोरा चन्द्रकृष्ण कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एबम लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष समेत हुन । उनि नेपाली काँग्रेस सम्बद्ध नेपाल लोकतन्त्रबादी उद्योगी ब्यबसायी संघका गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका छन।

माइला छोरा गोबिन्द प्रसाद कर्माचार्य अधिकृत बिक्रेता संघ नेपालको पुर्व अध्यक्ष समेत हुन भने कान्छा छोरा हरीप्रसाद कर्माचार्यले पनि बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरु संचालन गरिरहेका छन। कर्माचार्य परिवारले पोखरामा र पोखरा बाहिर स्थापन गरि संचालनमा रहेका बिभिन्न औधोगिक एबम ब्यबसायिक प्रतिष्ठानहरुमा स्व सानुमाया कर्माचार्यका छोरा नातिहरु समेत संलग्न रहँदै आएका छन ।

स्व. सानुमाया कर्माचार्यका नातिहरुमध्ये माइकल कर्माचार्य पोखराका युवा उधोगी एबम व्यवसायीको रुपमा परिचित छन भने अर्का नाति बिक्रम कर्माचार्य लेखनाथ उद्योग बाणिज्य संघको उपाध्यक्ष रहेका छन। कर्माचार्यको परिवारका सदस्यहरु विभिन्न ब्यबसायिक एबम सामाजिक संघसंस्थामा समेत क्रियाशील रहँदै आएका छन ।

यसैबीच, करिब दुई बर्ष अगाडी चन्द्रकृष्ण कर्माचार्यलाई पत्निशोक परेको थियो। कर्माचार्यकी पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको २०८० पुषमा निधन भएको थियो । मृगौला सम्बन्धि समस्याका कारण उनको उपचार नेपाल र भारतका बिभिन्न अस्पतालमा गरिएको थियो ।

उनको निधन पछि कर्माचार्य परिवारले ३० लाख रुपैयाको अक्षयकोष स्थापन गरि बर्षेनी एकजना मृगौला पिडितलाई नगद एक लाख रुपैया आर्थिक सहयोग गर्दै आएको छ।

१९ फाल्गुन २०८२, मंगलवार १०:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा