Play

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य मल्लको निधन

गुरुकुल खबर


नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, स्याङ्जाका नेता, महासमिति सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लको पिता गजिन्द्र प्रकाश मल्लको जेठ ४ गते निधन भएको छ । स्वर्गीय मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्व सदस्य समेत हुनुहुन्थ्यो । स्वर्गीय मल्लले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । सामाजिक र विकास निर्माणको क्षेत्रमा समेत उहाँको सक्रिय योगदान रहेको थियो ।

उहाँको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं मेरा मित्र गजिन्द्र प्रकाश मल्लको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय मल्लले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल लगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।” देउवाले भन्नुभएको छ ।

यसै बिच मल्लको निधन प्रति नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेशका सांसद तथा कास्की कांग्रेसका नेता बिन्दु कुमार थापाले पनि प्रदेश सांसद भागवत प्रकाश मल्लका पिता एवं कांग्रेस नेता मल्लको निधनका कारण आंफु मर्माहत भएको जनाऊँदै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व मल्लका एक छोरा भागवत नेपाल तरुण दल स्यांजाका अध्यक्ष समेत हुनुहुन्छ भने खिम प्रकाश मल्ल मुक्तिनाथ बिकास बैंकका पूर्व अध्यक्ष हुनुहुन्छ यसै गरि अर्का छोरा कमल प्रकाश मल्ल निर्माण व्यवसायी हुनुहुन्छ ।

५ जेष्ठ २०७८, बुधबार १०:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा