Play

कांग्रेसको पन्ध्रौं महाधिबेशनको कार्यतालिकामा संसोधन, बाढी प्रभावितको राहत र उद्वार निम्ति एक करोड सहयोग

असोज ३ र ४ मा वडा अधिबेशन, असोज ६ मा पालिका अधिबेशन र असोज १० मा क्षेत्रिय अधिबेशन सहित असोज १६ देखि १९ सम्म केन्द्रीय महाधिबेशन


गुरुकुल खबर


काठमाडौँ, आन्तरिक बिबादमा रुमलिएको नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरी संशोधन गरेको छ । संशोधित तालिका अनुसार असोज ३ र ४ गते मध्ये कुनै दिन सम्बन्धित वडासमितिको अनुकुल हुनेगरी देशभरका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन गर्नुपर्ने भएको छ। यसअघि भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गर्ने भनिएकोमा भोटेकोशीमा आएको आकस्मिक बाढीको कारण देखाएर महाधिबेशनको कार्यतालिकामा संसोधन गरिएको हो। पार्टी भित्रको आन्तरिक बिबादका कारण महाधिबेशनको कार्यतालिकामा परिवर्तन हुँदै आएको पार्टी कार्यकर्ताहरुको बुझाई छ।

बाढीका कारण ठूलो धनजनको क्षति भएको र देश शोकमा रहेकाले विभिन्न जिल्लाबाट आएका सुझावका आधारमा कार्यतालिका परिमार्जन गरिएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए। समितिले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महािवेशनको मितिलाई भने यथावत राखेको छ। वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको चुनावी क्यालेन्डर सार्वजनिक गरिएको उनले जानकारी दिए। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकबाट निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

नयाँ तालिका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन गरी वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिने असोज ७ गते गाउँ पालिका र नगरपालिकाको अधिवेशन गरिने तथा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गरिने कांग्रेसले जनाएको छ। जिल्ला र प्रदेश अधिवेशनको समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने बताइएको छ।

बाढीबाट बढी प्रभावित भएका रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने निर्वाचन अधिकृतले पार्टीको स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने छन्। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई पनि असोज १० गतेभित्रै अधिवेशन सक्न निर्देशन दिइएको छ। निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन समितिले सम्पूर्ण क्रियाशील सदस्य र पार्टीका सबै तहलाई आग्रह गरेको छ।

यसैबीच रसुवा र नुवाकोट लगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित भएकाहरुको राहत तथा पुनर्स्थापनाका लागि भन्दै नेपाली कांग्रेसले सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । पार्टीका महामन्त्री प्रदीप पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेता सहभागी प्रतिनिधिमण्डलले उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको थियो ।

विपद्को यो घडीमा पीडित परिवारलाई राहत, उपचार र सुरक्षित बासको व्यवस्था मिलाउन कांग्रेसले उक्त रकम सरकारलाई बुझाएको हो । रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको बेला कांग्रेस बाढीपीडितको साथमा रहेको बताए । पौडेलले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारको पुनर्निर्माण युद्धस्तरमा गर्न माग गरे । उनले राहत वितरण पारदर्शी बनाउन र विपद् व्यवस्थापनलाई चुस्त राख्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आफ्ना विभिन्न संरचना समेत परिचालन गरेको छ । पार्टी सभापति गगन थापाले सरकारलाई आवश्यक सुझाव दिने र ध्यानाकर्षण गराउने काम गरिरहेका छन्।

२३ भाद्र २०८३, मंगलवार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा