पोखरा पोखरा उधोग बाणिज्य संघको अध्यक्ष पदको मतगणनामा शोभा गौतमले बिजय प्राप्त गरेकी छन।
अध्यक्षमा बिजयी शोभा गौतमले ७५१ मत पाएकी छन भने अर्जुन पोखरेलले ६३७ मत पाएका छन।
यसैगरी अर्का उमेद्वार उत्तममान बुद्धाचार्यले ६०१ मत र बलराम आचार्यले २५३ मत मात्र प्राप्त गरेका छन।
संघको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला अगाडी छन भने उधोग उपाध्यक्षमा सौगात थापा र बाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ बिजयी भएका छन।
यसैगरी महासचिबमा सुदीप प्रधानांग, उपमहासचिबमा प्रदीप राजभन्डारी र कोषाध्यक्षमा देबेन्सन प्रजु बिजयी भएको बुझिएको छ।
अहिले पोउबासंघको सभाकक्षमा बिजेताहरुको औपचारिक घोषणागर्ने र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।












