Play

गण्डकी प्रदेश सभा सदस्यमा विययी गुरुङलाई सम्मान

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल नेतृ सरस्वती गुरुङलाई एक कार्यक्रमका बीच विहीबार पोखरामा सम्मान गरिएको छ ।

विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशिल  व्यक्तिहरुले प्रदेश सभा सदस्यमा निर्वाचित गुरुङलाई बधाई तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल तथा नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि मिरा आचार्यले नेतृ गुरुङको जीत नै सबै महिलाहरुको जीत भएको खुशी व्यक्त गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरिन् । आचार्यले भनिन् – एक जना उर्जावान नेतृ हुनुहन्छ, महिलाको आथिर्क, सामाजिक, राजनीतिक विकासकालागि कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं, अझ नयाँ जिम्मेवारी प्राप्त होस् शुभकामना ।

नेपाली काँग्रेस पोखरा नगरका पूर्व नगर सभापति बजिरमाज श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी गुरुङलाइ त्रधाई दिदै सक्रिय राजनीतिक व्यक्तिको विजयीले विकास र परिवर्तनको आशा देखिएको बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुना बाँस्तोला, वडा नं ९ का वडा सदस्य भावना श्रेष्ठ, अधिवक्ता तथा क्षेत्रिय प्रतिनिधि गीता आचार्य, पूर्व क्षेत्रिय सभापति एवम् प्रदेश प्रतिनिधि इन्द्रमाया बाँनिया, जिल्ला सदस्य निर्मला भण्डारी र ज्योति कोइराला नेपाली काँग्रेस क्षेत्र नं १ ख का सहसचिव रामकुमारी पौडेल, प्रदेश प्रतिनिधि तथा काँग्रेस नेतृ लालुमाया शर्मा, क्षेत्रिय प्रतिनिधि १ ख को सदस्य ईश्वरी गुरुङ र रेनु थापा, क्षेत्रिय प्रतिनिधिहरु कल्पना रानाभाट, सीता बास्ताकोटी, प्रभा पौडेल, गीता पंगेनी पौडेल, अम्बिका थापा, किरण अधिकारी, नगर सदस्य माया लामिछाने सापकोटा, १४ का ईकाई उपसभापति मोतिबहादुर बाँनिया, १४ का कार्यसमिति सदस्य लक्ष्मी क्षेत्री, जमुना मल्ल, रोजिना श्रेष्ठ, प्रदेस १ ख सदस्य दीपा थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

उनीहरुले समाज परिवर्तन र विकासका लागि योगदान पुर्याउने विश्वास व्यक्त गर्दै निर्वाचित प्रदेश सभा सदस्य गुरुङसंग महिला र पछाडि पारिएका वर्ग र समुदायका लागि कार्य गर्न आग्रह गरेका थिए ।

 

८ पुष २०७९, शुक्रबार ०८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा