Play

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा पर्वतीय क्षेत्र सम्बन्धी विभिन्न कार्यक्रम तय

गुरुकुल खबर


पोखरा , पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा पर्वतीय क्षेत्र सम्बन्धी विभिन्न कार्यक्रम तय भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय संग्रहालयमा मंसिर २४ र २५ गते हुने महोत्सवमा हिमाली क्षेत्रका मद्धुालाई प्राथमिकतामा राखि विविध कार्यक्रम तय भएको हो ।

महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर रुपमा कसरी बनाउन सकिन्छ जस्ता विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुँदैछ ।

पर्वतीय संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रम पनि तय भएको छ । हिमाली क्षेत्रमा खेलिने खेल छेलो प्रतियोगिता र आर्चरी खेललाई महोत्सवमा समेटिएको छ । हिमाली क्षेत्रमा उत्पादित वस्तुुलाई प्रवद्र्धन गर्न स्टल प्रदर्शनीका लागि राखिने निर्देशक न्यौपानेले बताईन् ।

कुन कार्यक्रम कुन समयमा ?

दुुई दिन हुने महोत्सवमा विभिन्न कार्यक्रम तय भएको छ । मंसिरको २४ गते उपराष्ट्रपति नन्द किशोर पुन र नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुुरु शेर्पाको उपस्थितीमा महोत्सवको उद्घाटन हुने छ ।

महोत्सवको पहिलो दिन सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शनको विषयमा छलफल हुने कार्यक्रम तालिका रहेको छ ।

महोत्सव अवधिभर हिमाली क्षेत्रमा वस्तुु उत्पादित वस्तुको प्रवद्र्धन हुने आयोजकले जनाएको छ ।

यस्तै महोत्सव अवधिभर छेलो प्रतियोगितामा पनि गरिनेछ । महोत्सवमा हिमाली क्षेत्रका दृश्य प्रदर्शन पनि हुनुका साथै हिमाली क्षेत्रको पर्यावरणमा महिलाकोे भूमिका बारे अन्तरक्रिया हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय संग्रहालय रहेको स्थान पोखरा रातोपहिरोमा दिउँसो हुने अन्तरक्रिया कार्यक्रम सकिए लगत्तै पोखरामा दोब्बर पर्यटकलाई कसरी भित्रयाउन सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको यस वर्षको नारा वुुमन मुुभ माउन्टेन रहेको छ । यस नारालाई लिएर महोत्सवको दोस्रो दिन वुुमन मुुभ माउन्टेन शिर्षकमा छलफल कार्यक्रम गरिँदैछ ।

महोत्सवमा दुुबै दिन साहसिक खेललाई समावेश गर्दैै जीपलाइन पनि राखिएको छ । नेपाल पर्वतारोहण संघले डिसेम्बर ११ मा हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वतीयसंग्रहालयको सहकार्यमा यो महोत्सव आयोजन गर्दै आएको छ । २ दिने महोत्सवमा प्रवेश निःशुल्क रहेको छ ।

 

२२ मंसिर २०७९, बिहीबार २१:०१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा