Play

सामूदायिक रेडियो प्रशारण संघद्धारा सुझाव संकलन

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशका सरोकारवालाहरुको सामूदायिक रेडियोले समूदायमा पुगेर समूदायका आवाज उठान गर्न सुझाव दिएका छन् । युनेस्को अफिस, सामूदायिक रेडियो प्रसारक संघ र अमार्क एसिया प्यासिफिकको आयोजनामा गण्डकी प्रदेशले पोखरामा आयोजना गरिएको सामूदायिक रेडियोको भावी नीति निर्माण सम्बन्धी प्रदेशस्तरीय बैठकमा उक्त सुझाव आएको हो ।

बैठकमा सामूदायिक रेडियोका प्रतिनिधीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, जातीगत तथा भाषगत क्षेत्रका विज्ञहरु सहित सरकारी कार्यालयका प्रमुखहरु सहभागि थिए । कार्यक्रममा रेडियोहरुको वर्तमान समस्या, भावी कार्यक्रम, जातीगत भाषा र पहिचानको विषयमा छलफल भएको छ । साथै कार्यक्रमका गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायले सामूदायिक रेडियोहरुलाई गरेका र गर्नुपर्ने सहयोगका बारेमा पनि चर्चा गरिएको थियो ।

सरोकारवालाहरुले सामूदायिक रेडियो समूदायको सारथी भएको हुनाले समूदायका आवाजलाई यथेष्ठ रुपमा सामावेश गर्नुपर्नेमा जोड दिए । रेडियोका प्रतिनिधीहरुले रेडियोमा भएका समस्याहरु र आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा सुझाव राखेका थिए ।

गण्डकी प्रदेशमा सामूदायिक रेडियोको अवस्था र रणनीतिका बारेमा सामूदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशका सचिव रोशन तिवारीले प्रस्तुती राखेका थिए । आदीवासी जनजाती समूदायको अपेक्षा र रेडियोले खेल्दै आएको भूमिकाका बारेमा रेडियो सुनौलोका स्टेशन म्यानेजर रीता गुरुङले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले सामूदायिक रेडियोको नीतिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जरा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी,बन निर्देशनालय गण्डकीका प्रमुख रामकाजी श्रेष्ठ, हुलाक निर्देशनालयका शाखा अधिकृत तुलसीप्रसाद आचार्य लगायतले आफ्ना भनाई राखेका थिए ।

रेडियोलाई विधागत रुपमा सञ्चालन गर्न पनि सहभागिले सुझाव दिदै सामूदायिक रेडियोले भाषा, भेषभुषा, जातीय अधिकार, लैगिंक समानता कायम गर्दै आएकोमा कार्यक्रममा सहभागीहरुले प्रसंसा गरेका थिए ।

कार्यक्रम सामूदायिक रेडियो लेखनाथ पोखराका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सामूदायिक रेडियो प्रसारक संघ कास्कीका संयोजक मोतीसागर अधिकारीले गरेका थिए ।

 

 

१६ मंसिर २०७९, शुक्रबार २०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा