पोखरा । माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको २४ औ साधारणसभा एवं छैटौं अधिबेशनले पुष्पराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा बर्षाकेशव पराजुली, सचिवमा तोयनाथ लामिछाने, सह सचिवमा भवानी शर्मा लामिछान र कोषाध्यक्षमा प्रकाश पौडेललाई चयन गरिएको छ ।
सदस्यहरुमा शिव प्रसाद तिमिल्सिना, कमल प्रसाद पौडेल, गोमा पराजुली, सुनिता तिवारी रहेका छन् ।
यसैगरी हरि प्रसाद बरालको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रकाशचन्द्र तिवारी र राजेन्द्र अधिकारी रहेका छन् भने संस्थाको प्रबन्ध निर्देशकमा रविरमण तिवारी रहेका छन् ।
सहकारीको संरक्षकहरुमा संस्थापक अध्यक्ष डा.पद्मराज लामिछाने, पुर्वअध्यक्षद्धय हेडम्ब राज पराजुली र कुसुमकेशव पराजुली रहेका छन् ।
२० कार्तिक २०७९, आईतवार ०६:३२ मा प्रकाशित