Play

माओवादी अध्यक्ष प्रचण्ड गोरखा -२ बाट चुनाव लड्ने

गुरुकुल खबर


काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको हो ।

‘पदाधिकारीको बैठकले अध्यक्ष गोरखाबाट उम्मेदवार बन्ने निर्णय गरेको छ । उहाँ अब गोरखा २ बाट उम्मेदवार बन्नुहुन्छ,’ गजुरेलले भने ।

दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

त्यस्तै २०६४ सालको पहिलो संविधानसभा चुनावमा दाहाल काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । तर ७० सालको दोस्रो संविधानसभा चुनावमा दाहाल सिरहा ५ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । उनी काठमाडौं १० मा पराजित भएका थिए ।

२१ आश्विन २०७९, शुक्रबार २२:२२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा