Play

पृथ्वीराजमार्गमा सात घण्टापछि यातायात सुचारु

गुरुकुल खबर


तनहुँ, पृथ्वीराजमार्गमा पर्ने तनहुँको दुई स्थानमा पहिरो झरेर अबरुद्ध भएको सडक सात घण्टापछि सुचारु भएको छ ।

व्यास नगरपालिका –१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका –१ गुणादीमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार राति खसेको पहिरोले सडक अबरुद्ध भएकोमा गुणादीमा शुक्रबार विहान ६ बजे एक तर्फी खुलाइएको सडक पुन पहिरो खसेकाले दुइतर्फी यातायात बन्द भएको थियो ।

डोजरले पहिरो हटाएर सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिए ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर राजमार्ग सञ्चालन गरिएको बताए ।

शुक्रबार विहान ३ बजेदेखि नै गुणादीमा सडक अबरुद्ध भएकोमा शुक्रबार १०ः१५ बजेबाट सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक सुचारु भएपछि यात्रु आफ्नो गन्तव्यमा लागेका छन् ।

२१ आश्विन २०७९, शुक्रबार ११:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा