Play

महिलाहरु थप अधिकारका लागि संगठित हुनुपर्दछ – उपसभामुख शर्मा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको अधिकतम उपयोग गर्दै थप अधिकारका लागि लाग्नु पर्ने बताएकी छन ।

महिला मात्र सेयर सदस्य रहेको सिद्धि विनायक महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ साधारण सभाको उद्घाटन गर्दै उनले अधिकार प्राप्तिका लागि महिलाहरु संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिईन ।

सहकारीको माध्यमबाट महिलाहरु नेतृत्व विकास गर्दै उत्पादनसंग जोडिनु पर्नेमा जोड दिंदै उनले उत्पादीत वस्तुको बजारीकरणमा तीनै तहका सरकार जिम्मेवार बन्नु पर्ने आवश्यकता औल्याईन ।

निर्वाचनमा गठबन्धन हुदा महिलाका हक अधिकार खोसिन हुदैन,  शर्माले भनिन,  महिलाको मर्म र भावनना बुझ्ने भएकोले आगामी मंसीर ४ गते हुन गहिरहेको संघ र प्रदेशको निर्वाचनमा महिला उम्मेदवार विजयी गराउनु पर्दछ ।

निवर्तमान गण्डकी प्रदेश सभा सदस्य एवम् संस्थाका संस्थापक अध्यक्ष प्रभा कोइरालाले सहकारीले समाजका विपन्न एवम् असहाय वर्गको उत्थानको लागि सिपको आधारमा लगानी गर्दै आएको बताईन ।

कूल एक सय ६० सेयर सदस्य रहेको सो संस्थाले एक दर्जन बढी सदस्यलाई कुखुरापालन, गुडिया बनाउने, अचार बनाउने, सिलाई कटाई लगायतका बिभिन्न व्यवसाय गर्न लगानी गरेको सचिव इन्दिरा पौडेलले जानकारी दिईन ।

संस्थाका अध्यक्ष भगवती कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्द्र कोइरालाले सहकारीको महत्व र आवश्यकता माथि चर्चा गर्नुभएको सो समारोहमा अध्यक्ष र सचिवले बार्थिक र कोषाध्यक्ष इन्द्रकुमारी अधिकारीले आर्थिक प्रतिवदेन प्रस्तुत गरेकी थिईन ।

१२ आश्विन २०७९, बुधबार १८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा