Play

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज शर्मा, गृहसचिवमा सिंह

गुरुकुल खबर


काठमाडाैं । सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज शर्मालाई नियुक्त गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई पनि सरुवा गरेको छ । सम्पत्रि शुद्धीकरण अनुसन्धान विभागका तीर्थ भट्टराईलाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।

२८ भाद्र २०७९, मंगलवार ०७:२१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा