Play

पोखरा २० भलाममा जेष्ठ नागरिक विश्राम स्थल निर्माण हुने

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलाममा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल निर्माण हुने भएको छ । ठूलोपाटनको पूर्वी भागमा हरिहर पैदल मार्गसँग जोडिएको खुल्ला सार्वजनिक जग्गामा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल निमार्ण हुने भएको हो ।

सोमवार बसेको समितिको पहिलो बैठकले पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९।०८० वार्षिक कार्यक्रम अन्तरगत विनियोजित रकम र वडा कार्यालय भलामको सहयोगमा उक्त विश्राम स्थल निमार्ण गर्ने निर्यण गरेको हो ।

पार्क तथा खल्ला व्यायामशाला, जेष्ठ नागरिक विश्राम स्थल निर्माण समितिका अध्यक्ष यादव गौतमको अध्यक्षतामा बसेको बैठकको संचालन सचिव रेशम खत्रीले गरेका थिए भने बैठकमा वडा नं २० का वडा अध्यक्ष गंगाबहादुर खत्रीले विश्राम स्थल निर्माणका लागि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

२७ भाद्र २०७९, सोमबार २१:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा