काठमाडौँ — २४ घण्टामा १५२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार १८६ पीसीआर परीक्षणमा ११० र २ हजार १०८ एन्टीजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु र १३३ जना निको भएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४८ रहेको छ ।
२४ भाद्र २०७९, शुक्रबार १७:०१ मा प्रकाशित