Play

मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियान तिब्र

गुरुकुल खबर


पोखरा,  पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् । मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ । मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् ।

पोखरा १७ का व्यवसायी राजेन्द्रबहादुर थापा पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताउँछन् । ‘अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पु¥याए संघको गरिमा उचो हुन्छ,’ उनले भने, ‘अबको नेतृत्वमा अर्जुन पोखरेललाई पठाउनुपर्छ । उहाँसँग युवा र अनुभवीहरुको संयोजन छ ।’

व्यवसायीलाई समस्या पर्दा बोलिदिने मान्छे समेत संघमा नभएपछि धेरै उद्योगी व्यवसायीलाई संघ प्रति आकर्षण छैन । पुर्व अध्यक्षहरु समेत संघलाई उतिसारो चासो दिँदैनन् । संघप्रति चासो घटिरहेका बेला युवालाई नेतृत्वमा पठाउन सके विरासत जोगिने उनको तर्क छ । भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेसनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

पोखरेल प्यानल मत माग्न पुग्दा थापा निकै खुशी भए । डेभिजफल मेडिकल हल सन्चालन गर्दै आएका उनी पोखरेललाई अनुभवी युवाका रुपमा हेर्छन् । जेके विल्डर्स पोखरा प्रालिका सञ्चालक जनकप्रसाद काफ्ले पनि कार्य क्षमता, जोश, जाँगर बोकेर हिंडेको टिमले उद्योग वाणिज्य संघमा नयाँ आयाम थप्ने विश्वास राख्छन् । ‘अर्जुन चुनावी एजेण्डा बोकेर मात्र हिड्दैनन, बोलेका कुरा पूरा गर्छन्,’ उनले भने, ‘हामीले जिताउनुपर्ने यही टीमलाई हो ।’

चुनावी घरदैलो निस्केको पोखरेल प्यानल छोरेपाटन, डेभिजफल, बरालफिड, बिरौटा, घारीपाटन, ड्यामसाइड, रत्नचोक, सिर्जनाचोक लगायत ठाउँमा पुगेको थियो । त्यहाँ पुगेको टोलीलाई उद्योगी व्यवसायीहरुले उद्योग वाणिज्य संघको गिर्दो शाखका बारेमा प्रश्न गरेका थिए । ‘सधैं ३ हजार १ सय मात्र सदस्य बनाउने की थप्ने?’ भन्ने उनीहरुको प्रश्न थियो ।

जवाफमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले आफू विजयी भएमा ठूला, मझौला र साना व्यावसायीहरुलाई समेटेर लैजाने बताए । सडकमा व्यापार गर्नेदेखि ठूला व्यापार व्यवसाय गर्नेहरुलाई सम्मान हुने गरी कार्यक्रम ल्याउने र निजी क्षेत्र मैत्री व्यवहारका लागि सरकारसँग पैरवी गर्ने उनको प्रतिबद्धता छ ।

८ बुँदे घोषणा पत्र तयार गरेर चुनाव मैदानमा होमिएको अर्जुन प्यानलले अन्य देशको च्याम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने बताएको छ । जसले प्राविधिक ज्ञान आदान प्रदान, नयाँ व्यापारका अवसर खोज्न साझेदारी विचार, सांस्कृतिक मूल्य र परम्परा आदान प्रदान हुने पोखरेलले बताए । साथै साझेदारी अवसर खोज्नका लागि बैदेशिक भ्रमणलाई बढवा दिने लक्ष्य लिइएको छ । पोखरा महानगरपालिकासँगै व्यापारिक अन्य संघसंस्थाहरुको सहकार्यलाई अझ प्रभाबकारी बनाउँदै लैजाने घोषणापत्रमा उल्लेख गरेको छ ।

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् ।

 

२१ भाद्र २०७९, मंगलवार २२:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा