Play

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

गुरुकुल खबर


१२ भदौ, काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ ।

कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् । एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

१२ भाद्र २०७९, आईतवार १३:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा