Play

माओवादी केन्द्रमा पाँच जना नेताहरूले उपाध्यक्षको जिम्मेवारी पाउने

गुरुकुल खबर


काठमाडौं। नेकपा माओवादी केन्द्रमा पाँच जना नेताहरूले उपाध्यक्षको जिम्मेवारी पाउने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्।

प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन्। नेकपा माओवादी केन्द्रको बुधबार सुरु भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो।

बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि साँझसम्म बैठक बस्न सकेको छैन। नेताहरूका अनुसार बिहीबार नै बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन्।

माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ। महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन्।

४१ सदस्यीय स्थायी समिति

यस्तै माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समितिको टुंग्गो लगाएको छ। बुधबार बसेको स्थायी समिति बैठकले पार्टीको पोलिटब्यूरो, स्थायी समिति टुंग्गो लगाएको हो।

स्थायी समितिमा माओवादीले समावेशी चरित्रको बनाएको छ। पहिले नै स्थायी समितिमा रहेका बाहेक नै थप ११ जना महिलालाई माओवादीले स्थायी समितिमा ल्याएको छ। मुस्लिम, दलितबाट पनि प्रतिनिधित्व गराउने गरी समावेशी चरित्रको स्थायी समिति बनाइएको छ।
यस्तो छ सूची

पुष्पकमल दाहाल प्रचण्ड
नारायणकाजी श्रेष्ठ
कृष्णवहादुर महरा
देव गुरुङ
बर्षमान पुन
जनार्दन शर्मा
पम्फा भुसाल
गणेश शाह
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
शक्ति बस्नेत
चक्रपाणि खनाल
देवेन्द्र पौडेल
मात्रिका यादव
लिलामणि पोखरेल
हितमान शाक्य
हितराज पाण्डे
राम कार्की
कालीवहादुर मल्ल
खगराज भटट
जयपुरी घर्ती
ओनसरी घर्ती
शसि श्रेष्ठ
पूर्णकुमारी सुवेदी
अन्जना विसंखे
यशोदा सुवेदी गुरुङ
अमृता थापा
कमला रोक्का
रेखा शर्मा
उर्मिला अर्याल
श्रीराम ढकाल
हकिकुल्ला खाँ
महेश्वर गहतराज
नारायण दाहाल
विश्वनाथ साह
सत्या पहाडी
दिनानाथ शर्मा
डिलाराम आचार्य
कल्पना धमला
वामदेव क्षेत्री
कुलप्रसाद केसी

२ भाद्र २०७९, बिहीबार १८:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा