काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् ।
अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।
उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ ।
उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।
१ भाद्र २०७९, बुधबार २१:४८ मा प्रकाशित